जबरजस्ती करणको आरोप पछि फरार वडाध्यक्ष रेग्मी प्रहरीमा उपस्थित


तनहुँ समाचारदाता
तनहुँ, माघ ७ गते । एक स्थानीय युवतीलाई जबर जस्ती करणीको आरोप लागेपछि फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष वर्ष ३१ का कृष्णप्रसाद रेग्मी प्रहरीको सम्पर्कमा आएका छन् । तीन महिना भन्दा अघि असोज २९ गते वडा अध्यक्ष रेग्मीले जबर जस्ती करण गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि प्रहरीले खोज तलासी गरिरहेको थियो ।
खोजतलासी क्रममा रहेका रेग्मी जिल्ला प्रहरी कार्यालयमा निवेदन सहित सोमबार आफै उपस्थित भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक(डिएसपी) श्यामु अर्यालले जानकारी दिनु भयो । डिएसपी अर्यालका अनुसार रेग्मीलाई कानुन बमोजिम पक्राउ पुर्जी दिई सोमबार नै तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।
तनहुँको घरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष झकबहादुर कुमाल पनि बलत्कारको आरोप पछि फरार रहेका छन् । खाजीतलासी भईरहेका कुमाल फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker