पालुङटार नगरपालिकाको सार्वजनिक सुुनुवाइ आज हुने ।

रविन्द्र कंडेल, माघ ७, गोरखा ।
पालुङटार नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नगरपालिकाको सम्पूर्ण गतिविधी जनता समक्ष प्रस्तुत गर्ने तथा जनताको सुझाव तथा प्रतिक्रिया सुन्दै नगरपालिकाको गतिविधीलाई चुस्त पार्ने उद्धेश्यका साथ सार्वजनिक सुनुवाई गर्न लागेको नगर प्रमुख र्ई. दिपकबाबु कंडेलले बताउनुभयो ।
कार्यक्रम वडा नं. ७ को च्याङ्ली बिरुवाटारमा बिहान ११ बजेदेखि शुरु हुने कार्यालयले जनाएको छ । कार्यक्रमको लागी सम्पूर्ण तयारी पूरा भइसकेको वडा नं. ७ को कार्यालयले जनाएको छ । कार्यक्रममा सर्वसाधारण जनताले भोगेका समस्या, सुझाव तथा प्रतिक्रिया राख्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker