आदिवासी जनजातीको सवै वार्डमा इकाइ गठन हुने ।

रविन्द्र कंडेल, माघ ५, गोरखा ।
नेपाल आदिवासी जनजाती महासंघ पालुङटार नगर समन्वय समितिको माघ ५ गते बसेको बैठकले २ सदस्य थप गरी १९ सदस्यीय समिलिाई पूर्णता दिएको छ । महासंघका अध्यक्ष सिद्धि ब. पाटा मगरको अध्यक्षतमा महासंघको पालुङटार स्थित आफ्नै कार्यालयमा बैठक बसेको थियो । बैठकमा महासंघलाई अग्र गतिमा बढाउनको लागी घनीभूत ढंगबाट छलफल गरिएको थियो । बैठकले माघ महिनाभित्रै सवै वडाभित्र वार्ड इकाइ समिति गठन गर्ने समेत निर्णय गरेको थियो । सोही क्रममा महासंघलाई गुरुङ समाज र मगर समाजले रु.५/५ हजार सहयोग गराएको महासंघका सहसचिव तारा बहादुर कुमालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker