सर्लाही को दुई छुटा छुटै स्थान मा भएको सवारी दुर्घटना मा एक बालिका सहित ४को मृत्यु ३गम्भीर घाईते

प्रेमनाथपौडेल सर्लाही
माघ ५ । विग्रीएर रोकि राखेको वसलाई ट्रकले ठक्कर दिँदा च्यापिएर सर्लाहीमा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।
काठमाण्डौ बाट झापाको पशुपतिनगरको लागि छुटेको ना ४ ख ९७५४ नम्बरको वस विग्रिएर राजमार्गमै रोकि राखेकोअबस्था मा सोही दिशा बाट आउदै गरेको ट्रक ले वसलाई राती २ बजेको समयमा ना ५ ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख पोष राज पोखरेलले बताउनु भयो । रोकी राखेको वसमा ट्रकले ठक्कर दिँदा च्यापिएर एक महिला सहित ३ जनाको मृत्यु भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनु भयो । च्यापिएर मृत्यु हुनेमा ईलाम सुलुवुलुमका २७ वर्षिय गोविन्द साउदेन, सुनसरी ईटहरीका ३० वर्षिया विनेता राई र पर्साका ३७ वर्षिय रहिम मियाँ रहेका छन् ।
त्यस्तै घाईते हुनेहरुमा नुवाकोटका ३५ वर्षिया दावा तामाङ्ग, झापाका ३५ वर्षिय राजेन्द्र खतिवडा र उदयपुर कटारीका २२ वर्षिय दिपक अधिकारी रहेका छन् । घाईते तामाङ्गको खुट्टा भाँचिएको छ, उनलाई थप उपचारको लागि विएण्डवि अस्पताल लगिएको छ । त्यस्तै झापाका राजेन्द्रको टाउकोमा गम्भीर चोट लागेको छ उनको वर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भई रहेको छ भने उदयपुरका दिपक अधिकारीको ढाड र खुट्टामा चोट लागको छ उनको लालबन्दी स्थित टेक्सास अस्पतालमा उपचार भई रहेको छ ।
मृतक तीनै जनाको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ । वस र ट्रक प्रहरी चौकी फुलजोर राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।त्यस्तै शनिवार दिउँसो नै सर्लाही को बयलबास बाट त्रिभुवन नगर तर्फ जाँदै गरेको ना३ख १५१२ नम्बर को बस ले ब्रम्हपुरि गाउँ पालिका ३भेल्ही मा रामबाबु मुखिया कि ६बर्षिया छोरी सोनाली कुमारी मुखिया लाई ठक्कर दिदा बालिका को घटना स्थल मै ज्यान गएको प्रहरी ले जनाएको छ !ठक्कर दिने बस प्रहरी को नियन्त्रण मा भए पनि चालक फरार रहेको र चालकको खोजी गरिनु का साथै बालिका को सव पोष्टमार्डम को लागि जिल्ला अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker