आंपपिपल अस्पतालमा ११८ जनाको आँखाको शल्यक्रिया गरियो

रविन्द्र कंडेल, माघ ५, गोरखा ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, पालुङ्टार नगरपालिका, राइनास नगरपालिका र सिरानचोक गाउँपालिका वडा नं. ३ ले संयुक्त रुपमा आयोजना गरेको निशुल्क आँखा परीक्षणमा ३ र ४ गते गरी आंपपिपल अस्पतालमा ११८ जनको शल्यक्रिया गरिएको छ । आँखा परीक्षण गरी विभिन्न स्थानहरुबाट मोतियाविन्दुका विरामीहरुको पहिचान गरी आँपपिपल अस्पतालमा ल्याएर निशुल्क शल्यक्रिया समेत गरिएको पालुङ्टार स्वास्थ्य इकाइका दिपेन्द्र गिरीले बताउनुभयो । उहाँका अनुसार पौष २८ गते राइनास नगरपालिकाको चक्रतीर्थ स्वास्थ्य चौकी सातविसे लमजुङ, पौष २९ गते पालुङटार नगरपालिकाको आयुर्वेद भवन ठाँटीपोखरी, पौष ३० गते खोप्लाङ स्वास्थ्य चौकी खोप्लाङ, माघ २ गते सिरानचोक गाउँपालिकास्थित हर्मी स्वास्थ्य चौकी मा शिविर सञ्चालन भएको थियो । माघ ३ र ४ गते आँपपिपल अस्पताल मा निशुल्क शिविर सञ्चालन गर्नुका साथै सवै स्थानहरुबाट मोतियाविन्दुको पहिचान भएका आँखाका विरामीहरुलाई आँपपिपल अस्पताल मा ल्याई शल्यक्रिया गरिएको थियो । शिविरको संयोजन पालुङटार नगर स्वास्थ्य इकाइका दिपेन्द्र गिरीले गर्नुभएको थियो । विरामीहरुको शल्यक्रिया सकिएपश्चात तिलगंगा आँखा प्रतिष्ठानका डाक्टरहरु तथा प्राविधिक टोलीलाई विदाई गर्दै नगर उप प्रमुख पम्फा बसेलले शिविर सञ्चालक तथा सहयोगीहरु प्रति आभार व्यक्त गर्नुभएको थियो । शिविर सञ्चालनका क्रममा आँपपिपल अस्पतालका डा. क्षितिजचन्द्र पौडेलले विशेष योगदान पुर्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker