जय ओशाे ! जय अरुण स्वामीजी !! जय तपाेवन !!! अाेशाेले संसार छाेडेकाे दिनकाे सम्झना मा

19 January 2019

१९ जनवरी भगवान आेशोले शरीर छोडनु भएकाे दिन हो । याे दिनलाई ओशोका महापरिनिमाण दिन पनि भनिन्छ । याे दिन नेपाल तथा विश्व भरका ओशोका अनुयायी, नवसन्यासी तथा शुभ चिन्तकहरुले उत्सवका रुपमा मनाउँछन । सन१९९० जनवरी १९ का दिन उहाँले शरीर छोडनु भएका हाे । आेशोका १९३१ दिसंवर ११ का सदन भारतका मध्यप्रदेश कुचवाडा भन्ने साना गाउँमा जन्म भएकाे थियाे । सन १९५३ मार्च २१ का दिन २१ वर्षका उमेरमा उहाँले बुद्धत्व प्राप्त गर्नुभएकाे थियाे । सन १९७० देखि १९७४ सम्म मुम्बईका वडलैंड अपार्टमेंटमा बस्नु भयाे र सोही समय देखि आफ्ना दिक्षा शुरु गर्नु भयो, तयार मानिसहरुलाइ नव–संन्यासका दिक्षा शुरु गर्नुभयाे । आेशाेका नव–सन्यासीका मतलब ‘जोवा दी बुद्ध’ नयाँ मनुष्य हो । भौतिक रुपले पनि सम्पन्न र आध्यात्मिक चेतनाले पनि
सम्पन्न समान किसिमले जीवनलाई चलाउने सन्यासी नै मेरा ‘जोवा दी बुद्ध’ नव–सन्यासका भगवान आेशोले त्याे मनुष्यका परिकल्पना गर्नु भयाे ।

ओशाेबाट दिक्षित नेपालका पहिला शीष्य स्वामी आनन्द अरुणल सन १९७४ मा आशाबाट दिक्षालिई उहाँका शीष्य हुनुभयाे । बुबा केदार प्रसाद सिंह र आमा सुमित्रा देवीका एक्ला छोरा जनकपुरका लोहना गाउँमा १९४४ जून १६ का पवित्र दिनमा जन्मनु भएकाे थियाे । उहाँका अरुण कुमार सिंह नामलाई सदगरु आेशोले स्वामी आनन्द अरुण राखिदिनु भयाे । आजका दिन सम्म आइपुग्दा सदगुरु आेशोका ध्यान, प्रेम, मैत्री, करुणा र आनन्दका संदेश लिएर विश्वका आध्यात्मिक आकाशका सुर्य  जस्तै बनि हजाराै व्यक्तिहरुका जीवनमा सुख र आनन्दका किरण छर्न पुग्नुभयाे ।

नेपाल आमाका छोरा नेपाल राष्ट्रका गहना अनि विश्व मानव जातिका आस्थाका केन्द्र बन्नुभयाे । भारतमा इन्जिनियरिङ्गका अध्ययन सकेर स्वामी आनन्द अरुण आशोका पहिला दर्शनका आदेश नेपालबाट मेरा सन्देश विश्वभर फैलने छ । जसरी बुद्ध धर्मका राजधानी तिब्बत बन्याे यसरी नै मेरा सन्देश पनि तिमीबाट नेपालभरी र विश्वभरी फैलन्छ भने अनुसार उक्त गुरुका आग्रहलाई शीरमा बोकी नेपाल   फर्कनु भयाे ।  अाेशाे  १९८६ मा जनवरी ३ देखि होटल सोल्टीमा ४५ दिन सम्म नेपालमा स्वामी आनन्द अरुणका निमन्त्रणामा बस्नु भयाे । भगवान ओशोले नेपालका भुमिमा पाइला टेक्नु पनि इतिहासका पानामा गौरवका विषय हो । १९७४ डिसेम्बरमा काठमाण्डाै ताहाचलमा आेशोका सल्लाह र नाम जुराई दिएर नेपालमा पहिला आशीष रजनीस ध्यान केन्द्र खोल्नु भयाे । अहिले पनि सोही ध्यान केन्द्रमा
साधकहरु ध्यान गरिरहन्छन । नेपालमा ओशाेका आध्यात्मका फैलावट सँग ओशोका निर्देशन अनुसार काठमाण्डाै बालाजुचोकबाट करिब ६ कि.मि. नार्गाजुन हिलमा विगत २८ वष अघि दखि आेशाे तपोवन नामका अन्तराष्ट्रिय कम्युन उहाँले स्थापना गर्नुभयाे । उहा हाल सम्म पनि आेशाे तपोवनका संरक्षकका रुपमा रहनु भएकाे छ । आेशाे  तपोवनमा प्रत्येक वष ८० देशका साधक ध्यान सिक्न आउँछन र वषमा १२ सयका हाराहारीमा विदेशी पर्यटक आउँछन । यसरी आनन्द अरुण स्वामीजीका अथक त्याग, साधना, तपस्या र निर्देशन र आशा तपोवनका मातहतमा नेपालमा ओशा उपवन–पाखरा, आशा जेतवन–लुम्बिनी, आशा वेणुवन–घादिङ्ग सहित करिब
१३ कम्युन र १०० जति ध्यान केन्द्र तथा नेपालमा मात्र ९० हजार जति दिक्षित शिष्य र लाखाैं प्रेमी र पाठक छन । नेपाल बाहिर पनि त्यती नै संख्यामा ध्यान केन्द र करिब ३०÷३५ हजार उहाबाट दिक्षित शीष्यहरु छन । विश्वमा १०० शहरमा पुगेर ध्यान शीविर गराई रहनु भएकाे छ । उहाँका उमेर ७५ वष भइसकेकाे छ तर उहाँले ओशोका काम र सिंगा मानव जातिका हितका लागी २५ वष युवाका झैं जोशमा काम गरिरहनु भएका छ । वर्षका आधा समय नेपाल र आधा समय विश्वका अन्य देश अमेरिका, क्यानडा, रुस, युरोपका विभिन्न मुलुक भारतमा ध्यान शीविर संचालन, प्रवचन र सत्सङ्ग कार्यक्रम गर्नुहुन्छ । उहाँलाई सन १९८४ मा ओशोले आचार्य र बोधीसत्व तथा सन १९८६ मा ‘रजनीश मिस्ट्री स्कुल’ अन्तर्गतका मेडिटेसन एण्ड स्प्रिच्युल ग्रोथ सेन्टरका निर्देशन गर्नु भएका थियाे । हाल विश्वमा योग, ध्यान, आशोका सन्देश, प्रेम, भक्ति र करुणा बाडने महापुरुष हाम्रै नेपाल राष्ट्रमा हुनुहन्छ । उहाँका सामिप्यमा रही ध्यान, साधना गर्न पाउनु हामी नेपालीका लागि गर्वका कुरा हाे ।

आजका दिनमा सदगुरु ओशाे र बोधीसत्व स्वामी आनन्द अरुणजीका नाम मान लिदा पनि म जस्ता बचपनी सन्यासीका लागि मन पवित्र भएर आउँछ । म जस्ता हजाराैं आेशाे सन्यासीका लागि आजका दिन विशेष रहने गर्छ । विहानका नित्य कर्म पश्चात प्रार्थना, योग, ध्यान, सत्सङ्ग, प्रेम, उत्सव, दिक्षा कार्यक्रमल आनन्द, खुसी, उत्साह र मन शान्त रहन्छ । ओशा तपोवन मातहतका सारा संसारका कम्युन, ध्यान केन्द्रहरुमा आज भगवान ओशोका महापरिनिर्णय भव्य रुपले मनाईन्छ ।

अन्तमा, २१ आैं शताब्दिमा शरीरका रोग भन्दा खतरनाक मनका राेग बन्दै छ । त्यसैले उमेरमै र समयमै याेग गरी शरीर स्वस्थ बनाउँ, ध्यान गरी मन शान्त र स्वस्थ बनाउँ ।

जय ओशाे ! जय अरुण स्वामीजी !! जय तपाेवन !!!

 

स्वामी प्रेम शुभाष

बन्दिपुर गा.पा. १, डुम्रेबजार

तनहुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker