आंपपिपल अस्पतालमा एकै दिनमा गरियो ५२ जनाको आँखाको शल्यक्रिया

रविन्द्र कंडेल, माघ ४, गोरखा ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, पालुङ्टार नगरपालिका, राइनास नगरपालिका र सिरानचोक गाउँपालिका वडा नं. ३ ले संयुक्त रुपमा आयोजना गरेको निशुल्क आँखा परीक्षणमा ३गते आंपपिपल अस्पतालमा ५२ जनको शल्यक्रिया गरिएको छ ।  आँखा परीक्षण गरी विभिन्न स्थानहरुबाट मोतियाविन्दुका विरामीहरुको पहिचान गरी आँपपिपल अस्पतालमा ल्याएर निशुल्क शल्यक्रिया समेत गरिएको पालुङ्टार स्वास्थ्य इकाइका दिपेन्द्र गिरीले बताउनुभयो । उहाँका अनुसार पौष २८ गते राइनास नगरपालिकाको चक्रतीर्थ स्वास्थ्य चौकी सातविसे लमजुङ, पौष २९ गते पालुङटार नगरपालिकाको आयुर्वेद भवन ठाँटीपोखरी, पौष ३० गते खोप्लाङ स्वास्थ्य चौकी खोप्लाङ, माघ २ गते सिरानचोक गाउँपालिकास्थित हर्मी स्वास्थ्य चौकी मा शिविर सञ्चालन भएको थियो । माघ ३ गते आँपपिपल अस्पताल मा निशुल्क शल्यक्रियाको नगरप्रमुख दिपक बाबु कंडेलले उदघाटन गर्नुभएको थियो । सो कार्यक्रममा उप प्रमुख पम्फा बसेल, डा. क्षितिजचन्द्र पौडेल, डा. शुस्मा दुवाल, डा.कल्पना सिंह, वडा नं. २ का वडाध्यक्ष लोकनाथ वाग्ले लगायतकाको उपस्थिति रहेको थियो । शिविरमा आज पनि शल्यक्रिया गरिने गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker