कुनै पनि सरकारी रकमकाे सहयाेग विनै ल्याइयाे धुवाँकाेटमा एम्बुलेन्स सरकारी रकमकाे मुख ताक्नेलाइ पाठ

रविन्द्र कंडेल

माघ ३, गोरखा ।

कुनै पनि काम गर्न सरकारी रकम चाहिन्छ भनेर तँछाड मँछाड हुने हाम्रो संस्कार बढदै गइरहेको बेला सरकारी रकम एक रुपैयाँ पनि नमागीकन धुवाँकोटमा एम्बुलेन्स ल्याइएको छ । पालुङ्टार नगरपालिका वडा नं. ८ मा स्थानीयहरुको पहलमा १० लाखको लागतमा एम्बुलेन्स खरीद गरी ल्याइएको हो । वडामा एम्बुलेन्स नहुँदा विरामीहरुलाई अन्यत्र लैजान कठिनाई भएको कुरा उजागर भएपछि स्थानीयबासी तथा विदेशमा बसेका धुवाँकोटबासी युवाहरुको विशेष सक्रियतामा एम्बुलेन्स खरीद प्रक्रिया अगाडी बढाइएको बताउनुहुन्छ वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेल । विगत केही महिनाअघिदेखि विदेशमा रहेका वडावासीहरुले पहलकदमी लिएर विदेशबाट रकम संकलन गर्न थालियो, वडामा पनि रकम संकलन कार्यको थालनी गरियो । अन्तमा एम्बुलेन्स खरीदको लागी आवश्यक रकम उठ्यो अनि खरीद गरियो, उहाँ बताउनुहुन्छ ।
गाउँमा एम्बुलेन्स ल्याउने योजना वडा कार्यालयमार्फत आएपछि सहयोग गर्नुपर्छ भनेर युवाहरु लागीपरेको बताउनुहुन्छ वैदेशिक रोजगारमा रहेका प्रदीप पन्थ । विस्तारै सहयोग रकम धुवाँकोटबासीले मात्र नभई अन्य स्थानका व्यक्तिहरुले पनि सहयोग गर्न थालेपछि हालसम्म १६ लाखभन्दा बढी रकम उठिसकेको र अझै रकम उठने क्रम जारी रहेको वडाध्यक्ष कंडेलले बताउनुभयो । एम्बुलेन्स खरीद गरेर बाँकी रहेको रकम एम्बुलेन्स सञ्चालनको लागी नै खर्च गरिने र सो रकम एम्बुलेन्स सञ्चालन अक्षय कोषको रुपमा राखिने वडाध्यक्ष कंडेलले बताउनुभयो । सहयोग गर्नेहरुका लागी सहयोग रकमको आधारमा सम्मान गरिने बताइएको छ । साे एम्बुलेन्स धुवाँकाेट स्वास्थ्य चाैकी मातहत सञ्चलान हुुने धुवाँकाेट स्वास्थ्य चाैकी प्रमुख अच्युत मरहट्टाले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker