नेपाल मगर संघकाे नयाँ नेतृत्वमा पुनः विष्णु राना मगर चयन

गोरखा ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको अध्यक्षमा पुनः विष्णु राना मगर चयन भएका छन् । मंगलबारबाट सुरु भएको संघको १२ औं जिल्ला अधिवेशनबाट राना सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।

माघ १ गते माघी पर्व मनाएर २ गते बुधबार बिहानदेखि सुरु भएको बन्दसत्रले साँझ अवेर मात्रै नेतृत्व चयन गरेको हो । आगामी ३ बर्षे कार्यकालका लागि रानाको नेतृत्वमा २५ सदस्यिय समिति निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा मान बहादुर थापा मगर, सचिव अशोक राना मगर, सहसचिव नानुमाया थापा मगर र कोषाध्यक्षमा शंकर बहादुर थापा मगर सर्वसम्मत भएको पूर्वअध्यक्ष अशोक राना मगरले जानकारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा रेखा राना, रविन आले, कोकिल पुलामी, उषा थापा, दिलबहादुर थापा, शिंहबहादुर थापा, एक बहादुर थापा, कृष्णबहादुर थापा, ध्रुव कुमार थापा, राममाया राना र कलाकार राना चयन भएका छन् ।

जिल्लाको ११ तहमध्ये ९ वटा तहमा मगर समुदायको बसोबास रहेको छ । संघको ९ स्थानीय तहमा रहेको गाउँपालिका स्तरिय समितिका अध्यक्षहरु समेत जिल्ला समितिको सदस्य रहने पूर्वअध्यक्ष रानाको भनाई छ । अधिवेशनको मंगलबार गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker