प्रथम पालुङ्गटार लिगलिग महोत्सब २०७५ हुदै

३ माघ, २०७५ ३ माघ, गोरखा ।

गोरखाको पालुङ्गटार नगरपालिका ५ माझटारमा फाल्गुण ३ देखि १२ गतेसम्म पालुङ्गटार लिगलिग महोत्सब २०७५ हुने भएको छ । महोत्सब गोरखा उद्योग वाणिज्य संघ पालुङ्गटार बजार इकाईको आयोजनामा हुन लागेको हो । ऐतिहासिक लिगलिग पालुङ्गटारको पहिचान, कृषि पर्यटन उद्योग ब्यापार प्रवद्र्धन मुल अभियान भन्ने नाराका साथ सन्चालन हुने उक्त महोत्सबमा बिभिन्न प्रकारका स्टल, नगरस्तरीय गायन तथा नृत्य प्रतियोगिता , घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरुको प्रर्दशनी, हस्तकला प्रर्दशनी, कृषि प्रर्दशनी, रमाइलो मेला, खाना महोत्सब सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक कार्यक्रम मुख्य आकर्षणको रुपमा रहेको छ । यस्तै महोत्सब अबधिभर गोरखाको एतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको अवलोकन गर्न प्याराग्लाइडिङ्गको समेत ब्यबस्था गरिएको आयोजकले बताएको छ । महोत्सबमा नगरपालिका भित्रका वडा स्तरीय डोरी तान्ने प्रतियोगिता, बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता, झाकी प्रर्दशनी, हास्य ब्यङ्गय कार्यक्रम लगायत बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने बताइएको छ । पहिलो पटक हुन लागेको उक्त महोत्सबले पालुङ्गटार क्षेत्रको समग्र पर्यटन प्रर्बधनमा टेवा पुग्ने जनाइएको छ । यस्तै महोत्सबले स्थानिय र निजी क्षेत्रको सम्बन्ध बिस्तार हुने, प्रतिस्पर्धी उत्पादनहरुबारे जानकारी प्राप्त गर्न सकिने, क्रेता र बिक्रेता बिच सम्बन्ध अभिबृद्धि हुने, जिल्लाको लोक सस्कृति एवं बिबिध सँस्कृतिहरुको जगेर्ना गर्न सहयोग पुग्नुका साथै देसको समस्त आर्थिक क्षेत्रको अभिबृद्धिमा सहयोग पुग्ने आयोजकले बिश्वास लिएको छ । महोत्सको मुनाफा रकमबाट नगरपालिका क्षेत्रमा अत्याबश्यक देखिएको बहुउदेश्यीय सभाहल निर्माण गर्ने, उद्योग ब्यापार ब्यबसायको प्रबद्र्धनका कार्यक्रम लगायत पर्यटनसंग सम्बन्धित बिभिन्न कार्यक्रम संचालन गर्ने आयोजकले बताएको छ । पालुङ्गटार बजार इकाई  का अध्यक्ष आशिष देवकोटाले यस महोत्सवले पालुङ्टार क्षेत्रको पर्यटन बिकास लागि कोसेढुङ्गो साबित हुने दावी गर्नु भयो । साथै उहाँले महाेत्सवलाइ हरेक वर्ष निरन्तरता  दिनुपर्ने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker