एक वडा एक कृषि संकलन केन्द्रको अबधारण – मन्त्री थापा

समिर जाेशी, गाेरखा, माघ २

गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले प्रदेश सरकारले एक वडा एक कृषि संकलन केन्द्रको अबधारण अघि सारेको बताउनु भएको छ । नेपाल मगर संघ गोरखाले माघी पर्वको अबसरमा हिजो गोरखामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापा मगरले यस्तो बताउनु भएको हो । उहाँले कृषि क्षेत्रको बिकास बिना आर्थिक सम्बृद्धिको सपना पुरा हुन नसक्ने भन्दै मन्त्री थापाले कषि क्षेत्रको बिकास लागि प्रदेश सरकार नयाँ ढंगले अघि बढेको बताउनुभयो । ‘कृषिलाई अब आधुनिक ढंगले मेसिनको प्रयोग गरेको खेती प्रणालीको बिकास गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘ त्यसको निम्ति आबश्यक पर्ने भूमिको व्यवस्थापन गर्ने कुरा राज्यले अगाडी बढ्ने सोचेका छौ ।’ कृषि उत्पादनलाई व्यवस्थापन गर्ने र बजारसम्म पु¥याउन सडक पूर्वाधार सर्गैै बिजुली बत्तीको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै ३ बर्षमा प्रदेशलाई कृषिमा आत्मानिर्भर बनाउने र ५ बर्षमा दोब्बर बनाउन लागि परेको बताउनुभयो । उहाँले कृषकहरुले उत्पादन गरेको कृषिजन्य सामाग्री बेचबिखनका लागि एक गाउँपालिका एक हाटबजार सन्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘एउटा जिल्लामा एउटा कोल्ड स्टोर बनाउनु पर्छ,’ मन्त्री थापाले भन्नुभयो, अबको किसानहरुले कोट पाइन्ट टाइ लगायर खेती गर्न सक्ने हुनुपर्छ ।’ उहाँले सवै जनताले खान पाउने, लगाउन पाउने र सुखी जिवन बिताउन सक्ने अबस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker