अमर ज्याेति जनता मा वि काे भु पु बिद्यार्थीहरूकाे साधारणसभा सम्पन्न

अमर ज्योति जनता मा.वि.लुइँटेलको पूर्व विद्यार्थी समाजको AGM (साधारण सभा)२०७५ साल माघ १ गते पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतित्थ्यमा काठमाडौमा सम्पन्न भयो ।सभाले डा.नन्द विक्रम अधिकारीको अध्यक्षतामा १७ सदस्य केन्द्रिय कार्यसमिति चयन गरेको छ ।
समितिको बरिस्ठ उपाध्यक्षमा देबेश देवकोटा हुनुहुन्छ भने दुई उपाध्यक्षमा ई .कृष्ण देवकोटा र उर्मिला श्रेष्ठ हुनुहुन्छ । समितिको महासचिव राजेन्द्र बानियाँ र सचिबमा प्रमिला देवकोटा कोषाध्यक्षमा सन्जीव अधिकारी निर्वाचित हुनुभएको छ । सदस्यमा इन्जिनियर टोपबहादुर बानियाँ, ई.बिनोद देवकोटा ,ई.सुक तामाङ, इश्वोरी देवकोटा, हरि अधिकारी किश्वर अधिकारी,ई. नवराज भण्डारी ,सेविका देबकोटा shree Prasad devkota लगायत हुनुहुन्छ ।बिधालयका पुर्ब विद्यार्थी तथा पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा भट्टराईसंगै पुर्ब बिध्यार्थी डा उपेन्द्र देवकोटालाई मरणोपरान्त तथा पुर्ब प्राचार्य गुणप्रसाद न्यौपानेलाई पनि सम्मान गरिएको थियो । पूर्व विद्यार्थी तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेश चन्द्र देवकोटा , संस्थापक प्र.अ. कुलेन्द्र देवकोटा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपाने ,प्र.अ. गोविन्द प्र.खनालले मन्तव्य राख्नुभएको थियो।SAJA का निवर्तमान अध्यक्ष डा. लक्ष्मी प्र. देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker