भूकम्प सुरक्षा दिवसको अवसरमा गोरखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं १९९० मा सालको भूकम्पको स्मरणमा वर्षेनी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । सुरक्षित हुने नागरिक अधिकार , पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार भन्ने मूल नाराका साथ २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधवार गोरखामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा २÷३ जना जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, केही सरकारी कार्यालय र गैरसरकारी संस्थाका प्रतिनिधि उपस्थित थिए । तर भूकम्प प्रभावितको भने कार्यक्रममा उपस्थिती देखिएन । भूकम्प पुननिर्माणको प्रगति बारे ३ वटा प्रस्तुती भयो अनि भाषणभिषण ।

तर भूकम्प पूर्व तयारी योजना, जनशक्ति र उपकरणका विषयमा कुनै उपलब्धीमूलक अन्तरक्रिया नभएको एक सहभागीले बताए । गोरखाको बारपाक लाई केन्द्रविन्दु बनाएर २०७२ बैशाख १२ गते गएको भूकम्पमा ४ सय ७२ जनाको ज्यान जानुका साथै जिल्लामा ७० हजार भन्दा बढी घर भत्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker