लिगलिगकोटमा फहरायो नेपालकै सवैभन्दा ठूलो झण्डा (फोटोसहित)

रविन्द्र कंडेल, पौष २७

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको सु(अवसरमा पालुङटार नगरपालिका वडा नं।२ स्थित ऐतिहासिक भुमि, सांस्कृतिक धरोहर आधुनिक नेपालको उद्गमस्थल लिगलिगकोटमा नेपालकै ठुलो झन्डा राखिएको छ । नगरपालिका नगर प्रमुख ई।दीपक बाबु कंडेलको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच सो झण्डोत्तोलन कार्यक्रम गरिएको थियो । कार्यक्रममा वडा नं .क वडा अध्यक्ष श्री लोक नाथ वाग्ले ले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्य पुष्टि गर्नुभएको थियो । कार्यक्रममा नगर उप प्रमुख पम्फा बसेल, केही वडाका वडाध्यक्षहरु, नगर सभा सदस्यहरु, राजनितीक दलका प्रतनिधीहरु स्थानीयवासीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ई. दीपक बाबु कंडेलले समग्र पालुङटार नगरपालिका बनाउने ऐतिहासिक धरोहर लिगलिगकोटको मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्दै जनताका आर्थिक क्रियाकलापहरुमा अभिबबृद्धि गर्दै समुन्नत, एवं समृद्ध पालुङटार नगरपालिका बनाउन सकिन्छ र यस झण्डा राख्नुले थप पर्यटन विकास तथा लिगलिगकोट चिनाउनलाई कोशेढुंगा सावित हुने बताउनुभयो । कार्यक्रममा नेपाली सेनाका गोरखा जिल्लाका प्रमुख सेनानी चन्दन बहादुर थापा समेतको उपस्थिति रहेको थियो ।
यस अवसरमा नेपालकै इतिहास बोकेको लिगलिगकोटमा राखिएको झण्डाको उचाई ४० फिट अग्लो रहेको छ । यसलाई नेपालकै ठूलो झण्डा मानिएको छ भने यसको गृह मन्त्रालयबाट आधिकारिक पुष्टि भने भएको छैन ।
सोही अवसरमा लिगलिग सहित पालुङटारलाई चिनाउने उद्धेश्यका साथ स्थानीय युवाहरुद्धारा गरिएको “लिगलिग(पालुङटार प्रवर्द्धन यात्रा २०७५” का क्रममा गुमेको नेपाली भुमी टिस्टा नदि बाट ल्याइएको ढुङ्गा तथा यात्राका क्रममा लगेको झण्डा समेत नगर प्रमुख लाई हस्तान्तरण गरिएको थियो । झण्डा हस्तान्तरण गर्दै यात्रामा सहभागी एक युवा किरण गिरीले सो ऐतिहासिक झण्डालाई नगरपालिका कार्यालयमा जतनसाथ राख्नुपर्ने समेत बताउनुभयो । उहाँका अनुसार यसबाट अरुलाई पनि लिगलिगकोट चिनारीका लागी महत्वपूर्ण हुने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker