आधारभुत तह स्तरीय दोस्रो प्याब्सन कप २०७५ फुटबल प्रतियोगिता हुने

गाेरखा, पाैष २६ ।

निजि तथा आवासीय बिद्यालयहरुको साझा संस्था प्याब्सन गोरखाको आयोजनामा आधारभुत तह स्तरीय दोस्रो प्याब्सन कप २०७५ फुटबल प्रतियोगिता यहि माघ ३ गतेबाट पालुङटार -५ माझाटार खेलमैदानमा हुने भएको छ । जिल्ला भित्रका निजि तथा आबासीय बिद्यालयहरुको सहभागिता रहने उक्त प्रतियोगिताको बिजेताले नगद रु २०,००० कप मेडल र प्रमाणपत्र , उपबिजेताले नगद रु १५,००० कप मेडल र प्रमाणपत्र र सेमिफाइनलसम्म पुग्ने टिमले नगद रु ५/५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको समापन भने माघ ५ गते गर्ने कार्यक्रम रहेको युनाइटेड बोर्डिङ स्कुल पालुङटारका शिक्षक दिपक गुरुङले बताउनुभयो । जिल्लाभित्र रहेका निजी विद्यालयहरूबीच मैत्रीभाव कायम गर्ने र खेलकुदकाे समेत विकास गर्ने लक्ष्यका साथ खेलकाे अायाेजना गरिएकेा अायाेजकले जनाएका छन ् । शिक्षक गुरूङका अनुसार खेलमा १३ वटा समूहहरूकाे सहभागिता रहने र पहिलाे उदघाट्न खेल गाेरखास्थित अाेल्ड क्यापिटल स्कूल र माेर्डन इङलिस स्कुल  बीच हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker