४० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा पालुङटारको लिगलिग कोटमा

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा एतिहासिक नगरी पालुङटारको लिगलिग कोटमा ४० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा नगर प्रमुख ई.दीपक बाबू कंडेल बाट झण्डोत्तोलन हुने भएको छ । लिगलिग काेट लाइ पर्यटकीय रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएकाे छ । यसै सन्दर्भमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारी पाैष २७ गतेका दिन उक्त झण्डा राखिन लागिएकाे हाे । साेही अवसरमा   “लिगलिग – पालुङटार प्रवर्द्धन यात्रा २०७५ ” मा पालुङटारका केही युवाहरू टिस्टा नदि सम्म काे यात्रा गरेका र साेही क्रममा  टिस्टा पुर्याइएका झण्डाहरू पनि  नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको यात्रामा सहभागी युवा किरण गिरीले जानकारी दिनुभयाे । पाैष २७ गते विहान ८ बजे कार्यक्रम हुने अायाेजकले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker