शिक्षिकाकाे नैतिकतामाथि प्रश्न चिन्ह लगाउँदै विद्यालय बन्द

गोरखा, पाैष २६

गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनटार स्थित चित्रादेवी आधारभूत बिद्यालयमा अभिभावकले तालावन्दी गरेका छन् । बिद्यालयकी शिक्षिका मितृका खकुरालको बिरोध गर्दै अभिभावकहरुले सोमवार बाट तालावन्दी गरेका हुन् । शिक्षिका खकुरालको चरित्र ठिक नभएको आरोप लगाउँदै अभिभावकले शिक्षिका खकुराललाई बिद्यालयबाट निष्काशन गर्न माग गरेका छन् । बिद्यालयका प्रधानाध्यापक लव बहादुर भुजेलका अनुसार अभिभावकहरुले उहाँलाई नहटाए सम्म बिद्यार्थीलाई बिद्यालय नपठाउने र तालावन्दी पनि नखोल्ने अभिभावकहरुले बताउदै आएका छन् । सहमतिका लागी बारम्वार भएको प्रयास असफल हुदै आएको प्रअ भुजेलले जानकारी दिनुभयो । तालाबन्दी गरिएको बिधालय खुलाउन पहल गरिदिन गाउँपालिकासंग माग गरेको भएपनि समस्या समाधानका लागि गाउँपालिकाले वास्ता नगरेको आरोप बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार रेग्मीले बताउनुभयो । सवै अधिकार र जिम्मेवारी गाउँपालिकाको भएपनि समस्या समाधानका लागी तत्परता नदेखाएको उहाँले आरोप लगाउनुभयो । तालाबन्दी खोल्नसबै कुरा बुझेर मात्र आवश्यक प्रक्रिया अगाडी बढाउने गाउँपालिका अध्यक्ष होम बहादुर रानाको भनाई छ तालावन्दीका कारण केहीदिन देखि बिद्यालयको पठनपाठन ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker