पालुङ्टार सहित विभिन्न स्थानहरूमा निशुल्क शल्यक्रिया सहितको आँखा शिविर हुने, कहां कहिले त ? हेरेर जानकारीकाे लागी धेरै शेयर गर्नुहाेला ।

रविन्द्र कंडेल, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका मा निशुल्क शल्यक्रिया सहितको आँखा शिविर हुने भएको छ । आगामी माघ ३ र ४ गतेका दिन आँपपिपल अस्पतालमा शिविर हुने पालुङ्टार नगर स्वास्थ्य इकाइका दिपेन्द्र गिरिले जानकारी दिनुभयो । सो आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका डाक्टरहरुले आँखा परीक्षण गर्नुका साथै शल्यक्रिया समेत गर्ने बताइएको छ । शिविरको आयोजना तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, पालुङ्टार नगरपालिका, राइनास नगरपालिका र सिरानचोक गाउँपालिका वडा नं. ३ ले संयुक्त रुपमा गरेका हुन । आँखा परीक्षण गरी विभिन्न स्थानहरुबाट मोतियाविन्दुका विरामीहरुको पहिचान गरी निशुल्क शल्यक्रिया समेत गरिने गिरीले बताउनुभयो । उहाँका अनुसार पौष २८ गते राइनास नगरपालिकाको चक्रतीर्थ स्वास्थ्य चौकी सातविसे लमजुङ, पौष २९ गते पालुङटार नगरपालिकाको आयुर्वेद भवन ठाँटीपोखरी, पौष ३० गते खोप्लाङ स्वास्थ्य चौकी खोप्लाङ, माघ २ गते सिरानचोक गाउँपालिकास्थित हर्मी स्वास्थ्य चौकी र  माघ ३ र ४ गते आँपपिपल अस्पताल मा शिविर सञ्चालन हुनेछन् । सवै स्थानहरुमा विहान ९ बजेदेखि नै शिविर सञ्चालन हुने जनाइएको छ ।

अन्य थप जानकारी थाहा पाउन तलको फोटो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker