सुरक्षित याैन सम्पर्क कतिबेला गर्ने ?

महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् । आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षीत हुन्छ ?

१. महिनावारीभएकोपहिलोसातदिन :

महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौनसम्पर्क गर्नु राम्रो मानिदैन् । त्यसैले यो बेलामा यौनसम्पर्क नगरेको राम्रो ।

२. महिनावारीपछि आठौँ, नवौँ र दशौँ दिन :

यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । नुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौनसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

३. महिनावारीभएको ११ देखि १६ दिन :

साधनविना गरिने यो बेलाको यौनसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौनसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।

४. १७देखि१९दिन :

साधनविना गरिने यौनसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भ रहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।

५ . २० देखीमहिनावारी नहुँदासम्मको दिन :

यसबेला साधनविना गरिने यौनसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधनविना गरिने यौनसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।

नोट : विभिन्नअनुसन्धानले सुरक्षितरअसुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन्।सून्यदेखि५प्रतिशत सम्भावना जहिले पनि रहन्छ।त्यसैले परिवारनियोजनको भरपर्दो साधनअपनाउनु सबैभन्दाभरपर्दो हुन्छ।अर्को कुरा  सेक्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो। यसले एचआइभीएड्स तथा अन्ययौनरोगको सम्भावनालाई रोक्न सक्दैन् ।

healthsplus.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker