काम गर्नेलाइ रकम अभाव नहुने

सिर्जनसिल महिला बचत तथा ऋण सहकारी संस्थाको 11औं बार्सिक साधारण सभा सम्पन्न भएकाे छ ।  सस्थाको अध्यक्ष चन्द्र माया श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा   प्रमुख अतिथिकाे रूपमा बाेल्दै पालुुन्टार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले काम गर्नेलाइ नगरपालिकामा रकम अभाव नहुने बताउनुभयाे । त्यस्तै गरी वडा नं. ८ का वडाध्यक्ष  शंकरराज कंडेलले विशेष अतिथिकाे रूपमा बाेल्दै अब बचत तथा ऋण लगानी मात्र गरेर नपुग्ने बताउनुभयाे । त्यसबाहेक अन्य याेजनाहरू बनाएर अघि बढनुपर्ने बताउनुभयाे ।  संस्थाकी  काेशाध्यक्ष कमला काराखेतिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयेको उक्त कार्यक्रममा स्वागत मन्तव्य रन्जना कंडेल ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन रुपा श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी अमृत कारखेती ,क्षेत्र जङ् भण्डारी  लगायतकाले समेत मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker