त्रिबेणी मा बि मा ICT ल्याब हस्तान्तरण

पालुङटार
पा.न.पा ९ सेरा बजार स्थित श्री त्रिवेणी स्कुलमा EAI सस्था USA र राजेश डंगोल लगाएत Nec’99 Civil Batch को आर्थिक सहयोगमा कम्पुटर सहितको ICT ल्याब स्थापना गरि एक कार्यक्रम बीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ l जम्मा कुल १६ सेट कम्पुटर, १ सेट प्रिन्टर र १ सेट प्रोजेक्टर, सहितको ICT ल्याब स्थापना भए संगै त्यस स्कुलमा करिव ३८५ जना अध्यनरत विधार्थीहरुलाइ पठन पाठनमा सहज हुने भएको छ l पा.न.पा नगर प्रमुख इ. दीपक बाबु कंडेल ज्यु प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पा.न.पा नगर शिक्षा उप सचिव श्री महेन्द्र पराजुली, पा.न.पा वार्ड न ९ का वार्ड अध्यक्ष श्री भेजराज पाण्डे ज्यु, सहयोगी EAI सस्थाका प्रतिनिधि श्री राजेश डंगोल ज्यु, बिद्यालय ब्यबस्थापन समितिका पधाधिकारीज्युहरु, स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको उपस्थित रहेको थियो l उक्त हस्तान्तरण कार्यक्रममा सहयोगी सस्था EAI लाइ ह्रदयदेखि धन्यवाद दिनुहुदै केहि चिज परिवर्तन गर्नका लागि र पालुङटार बिकाशका लागि शिक्षक कर्मचारी, जनाप्रतिनिधि सबै मिलेर हातेमालो गर्दै जानुपर्नेमा जोड दिनुभयो l महाकवि लक्ष्मी प्रसाद देबकोटाको कविता मानिस ठुलो दिलले हुन्छ जातले हुदैन, क्षेत्रिको छोरो यो पाउ छुन्छ, घिनले छुदैन भन्ने लाइन स्मरण गर्नुहुदै मन मुटुले सामाजिक सेवामा लाग्नु पर्ने र यस भेगका श्री रजगरे मा.वि., मिर्कोट मा.वि. गाईखुरको लक्ष्मी मा.वि. मदने डाडा मा.वि र यो त्रिवेणी मा बि लाइ सुबिधा सम्पन्न सामुदायिक स्कुल बनाइ शिक्षामा परिवर्तन ल्याउन हरदम प्रयास रहेको बताउनुभयो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker