स्थानीय सामग्रीबाट सामान बनाएर व्यवसायिक बन्न सकिने भएपछि स्थानीयहरु दंग

रविन्द्र कंडेल, गोरखा ।
सामुदायिक वातावरणीय विकास नेपालको आयोजनामा पालुङ्टार नगरपालिका वडा नं.४ बाह्रपिर्केमा वडा नं. ४ को आर्थिक तथा प्राविधीक सहयोगमा निगालो तथा बाँसको सामग्री बनाउने तालिम सम्पन्न भएको छ । ७ दिनसम्म सञ्चालित सो तालिमबाट सहभागीहरुले बाँसबाट फोटोका फ्रेम तथा ब्रस एवं पेनहरु राख्ने सामग्रीहरु बनाएका थिए । तालिममा पालुङ्टार वडा नं. ४ का ३० जनाको सहभागिता रहेको थियो ।
संस्थाकी अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो तालिममा वडा नं. ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटले प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नुभएको थियो ।
गाउँघरमा रहेका बाँस अन्यत्र सस्तोेमा विक्री भइरहेको तर यसबाट हामीलाई दैनिक रुपमा आवश्यक पर्ने सामग्रीहरु बनाउन सकिन्छ भन्ने थाहा नपाएको तालिममा सहभागी गोमा गिरी ले बताउनुभयो । यसरी स्थानीय स्तरमा पाइने कच्चा पदार्थहरुको प्रयोग गरी आवश्यक पर्ने विभिन्न सामग्रीहरु बनाउन सक्षम भएकोमा निकै खुसी छन अर्का सहभागी कविता गिरी ।


यसरी उत्पादन गरिएका सामग्रीहरुलाई बजारीकरण गर्न सकेमा गाउँमा रहेका बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार बनाउन सकिने बताउनुहुन्छ संस्थाकी अध्यक्ष श्रेष्ठ । तथापी कसैले व्यवसायिक रुपमा सामग्रीहरु उत्पादन गरेमा बजार व्यवस्थापनमा समेत सहयोग गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker