माघी पर्वमा विशेष कार्यक्रम हुने

रविन्द्र कंडेल, पौष १८
मगर इतिहास भाषा लिपी संस्कृति संरक्षण सम्वर्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शाासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र
भन्ने मूल नाराका साथ आदिवासी जनजाती मगर समुदायको महान राष्टिय चाड २०७५ गोरखाको पालुङटार ९ मा विशेष कार्यक्रम हुने भएको छ । नेपाल मगर संघ प्रारम्भिक समिति धुवाँकोटको आयोजना र
नेपाल मगर संघ गोरखा क्षेत्र नं. २ क्षेत्रिय समन्वय समिति गोरखाको संयोजकत्वमा कार्यक्रम हुने संघका क्षेत्रिय संयोजक वेद बहादुर राना मगरले बताउनुभयो । कार्यक्रममा मगर संस्कृति झल्कने विविध झाँकीहरु प्रदर्शन गर्नुका साथैै विविध सांस्कृतिक कार्यक्रम हरु गरिने रानाले बताउनुभयो । माघे सक्रान्तिका दिन पालुंटार नगरपालिकाको वडा नं. ९ धुवाँकोटमा विहान ९ बजेदेखि हुने कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समिति सदस्य एवं गण्डकी प्रदेश संयोजक खेम वहादुर पुन मगर प्रमुख अतिथिको रुपमा रहनुहुनेछ ।
कार्यक्रम सफल पार्नको लागी सम्पूर्ण मगर तथा गैर मगरहरुलाई समेत मगर संघले आमन्त्रण गरेको छ । कार्यक्रममा विहान ९ बजेदेखि मगर समुदायको संस्कृति तथा परम्परा झल्कने भेषभूषासहित झाँकी प्रदर्शन गरिने र त्यसपछि विविध सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा मगर संघका विभिन्न तहका नेताहरुले सम्बोधन गर्नेछन । मगर संघले हरेका वर्ष विभिन्न स्थानहरुमा माघी पर्व नियमित रुपमा गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker