१७ दशमलव ६४ प्रतिशत मात्रै खर्च

तनहुँ समाचारदाता
दमौली , पुस १६ गते ।
तनहुँमा चालु आर्थिक वर्षको मङ्सिर सम्ममा पूँजीगत तर्फ १७ दशमलव ६४ प्रतिशत मात्रै रकम खर्च भएको पाईएको छ । साउन देखि मङ्सिर सम्मको ५ महिनाको अवधिमा चालु तर्फ भने ४९ दशमलव ९२ प्रतिशत रकम खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पूँजीगत तर्फ कूल विनियोजित १ अर्ब २ करोड ९८ लाख २७ हजार रुपैयाँ मध्ये १८ करोड १६ लाख ७३ हजार ४ सय १३ रुपैयाँ मात्रै खर्च भएको छ । त्यस्तै चालु तर्फ कूल विनियोजित ५ अर्ब ९५ करोड ९२ लाख ८२ हजार २३ रुपैयाँ मध्ये २ अर्ब ९७ करोड ४७ लाख ६७ हजार ६ सय ८ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन अन्तर्गत ठेक्का पट्टाका अधिकांश योजना संचालन भइ नसकेका कारण पूँजीगत रकम न्यून रुपमा खर्च हुन गएको प्रमुख कोष नियन्त्रक विष्णुहरि वाग्लेले जानकारी दिनु भयो ।
प्रदेश अन्तर्गतका कार्यालयहरुमा बजेट र कार्यक्रम आउन ढिलाइ भएकाले पनि पूँजीगत खर्च न्यून भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिना अझै बाँकी रहेकाले त्यतिबेला टेण्डर खुली भुक्तानी दिएपछि बल्ल पूँजीगत रकम खर्च भएको देखिने कोष नियन्त्रक रामनाथ शर्माले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker