परारष्टका एक कर्मचारीकाे लापरवाहिले राष्ट्र काे बेइज्जत

काठमाडौं, ११ पुस ।  इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि गर्दै समवेदनाको साटो बधाईको सन्देश दिएको छ ।

परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो ।

इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएपछि सुनामी आउँदा हालसम्म चार सय भन्दा बढीको मृत्यु भइसकेको छ । दोस्रो हरफमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ ।

विज्ञप्तिको पहिलो अनुच्छेदमा इन्डोनेसियाको राष्ट्रपतिलाई इन्डोनेसियाका कयौं नागरिकको मृत्यु भएकोमा बधाई दिइएको भएपनि दोस्रो अनुच्छेदमा भने दुःख व्यक्त गरिएको छ ।

“सन्देशमा राष्ट्रपतिले कयौंको ज्यान गएकोमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जारी उद्धार कार्यमा सफलता मिलोस् भन्ने कामना पनि गरिएको छ ।

“हाम्रोमा जाँगर चलाउने बानी कम छ । पुरानै विज्ञप्तिमा मिति र नाम परिवर्तन गर्ने अभ्यास छ । त्यसैले यस्तो गल्ति भएको हो,” परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, “नियतवश यस्तो भएको होइन ।”

इन्डोनेसियामा शनिबार आएको सुनामीका कारण बुधबारसम्म ४२० जनाभन्दा बढीको ज्यान गइसकेको छ । उद्धार कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker