पालुङ््टार का ८०६५ लाभग्राहीमध्ये ४३८४ जनाले मात्र लिए तेश्रो किस्ता

रविन्द्र कंडेल
गोरखा, पालुङ््टार, ११ पौष ।
भूकम्प गएको ३ वर्ष पूरा भइसक्दा समेत गोरखाका पालुङ््टार नगरपालिका भित्रका ५६ प्रतिशत लाभग्राहीले मात्र तेश्रो किस्ता प्राप्त गरेका छन्् ।

यस नगरपालिकाभित्र गुनासाको फर्म भर्नुभन्दा पहिलेको तथ्याङ््कअनुुसार ८०६५ जनाको लाभग्राही सूचीमा नाम रहेकोमा हालसम्म ४३८४ जनाले मात्र तेश्रो किस्ता प्राप्त गरेको रेकर्ड छ । त्यस्तै गरी ६३४३ जनाले दोश्रो किस्ता प्राप्त गरेका छन भने ७७२० जनाले पहिलो किस्ता प्राप्त गरेका छन्् । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुननिर्माण परियोजनाले यस नगरपालिकाममा रहेका लाभग्राहीहरुको घर निर्माणका लागी विभिन्न प्रकारका सहयोेग उपलब्ध गराउंदै आएको छ । कूल लाभग्राही सूचीमा रहेका मध्ये ५१ जनाको नाम दोहोरो भएको वा अन्य स्थानहरुमा घर भएकाहरु रहेका कारणले लगत कट््टाको लागी सिफारिस गरिएको परियोजना पालुङ््टार क्लष्टर २ का कोअर्डिनेटर रघुनाथ रिमालले बताउनुभयो । जसमध्ये पालुङ््टार नगरपालिका वडा नं. १० का भगवान अधिकारीले आफूले पाएको पहिलो किस्ता बापतको रकम रु.५० हजार फिर्ता गरिसक्नुभएको छ । रिमालका अनुसार नगरपालिकामा ११२१ जनाको सम्झौता सम्पन्न भएर पनि घर निर्माणको काम शुरु भएको छैन भने १५२ जनाको सम्झौता हुन बाँकी रहेको छ । सम्झौता हुन बाँकी हुनेहरुमा जग्गाविहीनहरुसमेत रहेका छन्् ।
प्राधिकरणको नियमअनुसार पहिलो किस्ता प्राप्त गरेका लाभग्राहीले घरको डिपिसी गरेपछि दोश्रो किस्ताको १ लाख ५० हजार र घरको छानो छाएपछि तेश्रो किस्ताको १ लाख रुपैयाँ प्राप्त गर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker