पालुङटार नगरपालिकामा प्रमुख जिल्ला अधिकारी काे उपस्थितिमा अन्तरक्रिया

११ पौष २०७५ पालुङटार

पालुङटार नगरपालिकाको नगर सभा हलमा श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्युको प्रमुख आथित्य तथा पालुङटार नगरपालिकाका नगर प्रमुख श्री ई. दीपक बाबु कंडेल ज्यु को अध्क्षयतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ । नगर उप प्रमुख श्री पम्फा बसेल ले स्वागत मन्तव्य राख्नुभएकाे साे कार्यतक्रममा   नगर उप प्रमुख श्री पम्फा बसेल ज्यु, प्र.उ. श्री भोला रावल , पा.न.पा. प्रमुख प्रशासकीय अधिकृत श्री बिरेन्द्र देब भारती , उपसचिव श्री महिन्द्र पराजुली , स.प्र.ना.उ. श्री लिलाराम पुन, मालपोत अधिकृत श्री देवेन्द्र बहादुर थापा , नापी अधिकृत श्री माधवराज ढकाल ज्यु, पा.न.पा. १-१० का वार्ड अक्ष्यक्षहरु, इलाका प्रहरी कार्यालय ठाटीपोखरीका प्रहरी निरिक्षक रोशन राज पाण्डे , बिधुत प्राधिकरणका पा.न.पा. का प्रमुख, पा.न.पा कार्यपालिका सदस्य हरु, पा.न.पा इन्जीनियर द्वय श्री, निरज देवकोटा, श्री बिराज अर्याल,न्यायिक समितिका सदस्य हरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि  हरूकेा उपस्थिति रहेकाे थियाे । कार्यतक्रममा   पा.न.पा.मा भएका बिभिन्न समस्याहरु र त्यसका समाधान का उपायहरुका बारेमा छलफल गरिएकाे थियाे ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री बिरेन्द्र देब भारती ज्यु ले संचालन गर्नु भएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker