माघे सक्रान्तिको अबसरमा बन्दीपुर दौड प्रतियोगिता हुने

११ पौष, डुम्रे । माघे सक्रान्तिको अबसरमा बन्दीपुर गाउँपालिकाको आयोजनामा बन्दीपुर दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १ गते सन्चालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताको लागि यही पौष ३० गतेसम्म नाम दर्ता गर्न सकिने गाउपालिकाले बताएको छ । चौथो डुम्रे कप माघ १६ गते चौथो डुम्रे कप २०७५ माघ १६ गतेबाट शुरु हुने भएको छ । प्रतियोगिता डुम्रे सास्कृतिक युवा परिवारको आयोजनामा हुन लागेको हो । भानु नगरपालिका १ कल्याणटार खेल मैदानमा हुने उक्त प्रतियोगिताको विजेताले नगद १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उप विजेताले नगद ६५ हजार ४ सय ३२ रपैयाँ प्राप्त गर्नेछ भने सर्बोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर लगायतलाई पनि आकर्षक पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि माघ १४ गतेसम्म दर्ता गर्न सकिने आयोजकले बताएको छ । यसैबिच पौष २२ गतेदेखि बन्दीपुर गाउँपालिका १ छापमा पाचौ छपेलीकप सुरु हुने प्रतियोगिताको आयोजक छपेली साँस्कृतिक युवा क्लबले जनाएको छ । सो प्रतियोगितको प्रथम पुरस्कार नगद रु ६० हजार रहेको छ भने दोस्रो पुरस्कार नगद रु ३५ हजार रहेको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker