पूर्थोक प्रा.वि.को विद्यालय व्यवस्थापन समिति गठन


रविन्द्र कंडेल
गोरखा, पालुङ्टार, ८ पौष ।
पालुङ्टार नगरपालिका वडा नं. ६ मा रहेको पूर्थोक प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीको अध्यक्षतामा सम्पन्न भेलाले मदन गुरुङको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको गठन गरेको हो । जसको सदस्यहरुमा गुन बहादुर गुरुङ, मंगल गुरुङ, राम कुमार श्रेष्ठ, मिरा नेपाली, मनका तामाङ, रहेका छन भने शिक्षक प्रतिनिधीमा केशव नेपाली रहेका छन । वडाका तर्फबाट मनोनित सदस्यमा बुद्धिमान तामाङ रहेका छन भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद सेडाई रहेका छन् । त्यस्तै गरी तेज बहादुर गुरुङ (काजी) को अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । जसको सदस्यहरुमा कुमार गुरुङ, लेख बहादुर गुरुङ, शान्ता गुरुङ, लगायतका रहेका छन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष बराकोटीले शिक्षाको विकासविना विकास सम्भव नभएको भन्दै यस वडाको शिक्षाको विकासका लागी आफूले सक्दो पहल गर्ने बताउनुभयो । कार्यक्रममा अतिथिको रुपमा नगरशिक्षा समितिका तर्फबाट श्रोतव्यक्ति रामकाजी अधिकारी, समाजसेवी चेत बहादुर गुरुङ लगायतकाले मन्तव्य राखेका थिए ।
यस वडामा कक्षा १२ सम्म सञ्चालित विद्यालय १, कक्षा १० सम्म सञ्चालित १ कक्षा ८ सम्म सञ्चालित १ र कक्षा ५ सम्म सञ्चालित ३ गरी जम्मा ६ वटा विद्यालयहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker