मिस्टर एण्ड मिस दरैको प्रतियोगीहरु तनहुँमा

दमौली÷७, पुस
मिस्टर एण्ड मिस दरैको प्रतियोगीहरु तनहुँको दरै मौलिक एवं परम्परागत संस्कृति, घर अवलोकनका लागि दमौली आएका छन् । दरै जातिको विकास, संरक्षण र प्रवद्र्धनका लागि उनीहरुले जातीय भेषभुषा, संस्कार, परम्परा, घर लगायतको अवलोकन गरेका हुन् ।
उनीहरुले भादगाउँ, खकौली, दुम्सी गाउँमा पुगेर दरै जातिको संस्कार, संस्कृति, परम्परागत घर, खाना लगायतको अवलोकन, परिकार बनाउने तरिका र सांस्कृतिक कार्यक्रमहरुको बारेमा अवलोकन गर्न यहाँ आएको आयोजक दरै युथ गु्रपका अध्यक्ष विज्ञान दरैले बताए ।
एउटै जाति भएपनि ठाउँ अनुसार भाषा, खाना, संस्कृति, भेषभुषामा फरकपना रहेकाले तनहुँ उत्पत्ति स्थल भएकाले परम्पराको जानकारी गराउन आवश्यक रहेको विज्ञानको भनाई थियो । उत्पत्ति स्थलमा भएका परम्परागत कार्यहरु नयाँ पुस्तामा हस्तान्तरण गर्न सके भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन हुने उनको विश्वास छ ।
सुन्दरी प्रतियोगितामा तनहुँ, चितवन र नवलपरासी जिल्लाबाट सहभागी युवायुवतीहरुको प्रतिभा प्रस्फुटन हुनुका साथै उनीहरुले जातीको विकास, संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका निवर्तमान अध्यक्ष दिर्घ दरैले बताए । उनले भने ‘भाषा र संस्कृति रहे हामी रहन्छौ, हाम्रो भाषा र संस्कृति नै नभए पहिचान हराउँछ ।’
व्यास १ का वडा अध्यक्ष खरसिंह दरैले दरै जाति थोरै र धेरैजसो ठाउँमा अपरिचित रहेकाले यस्ता कार्यक्रमहरुले प्रचारप्रसार गर्ने विश्वास व्यक्त गरे । ‘यस्ता कार्यलाई प्रोत्साहन गर्न प्रतिवद्ध रहेको छु,’ उनले भने ।
नेपाल दरै समाज तनहुँका अध्यक्ष तिर्थबहादुर दरै, नेपाल आदिवासी जनजाति युवा महासंघ तनहुँका अध्यक्ष बिरबहादुर दरै, भादगाउँ दरै समाजका अध्यक्ष चिज बहादुर दरै, सचिव दिलबहादुर दरै, नेपाल दरै समाज चितवनका अध्यक्ष राजकुमार दरै, सचिव शनिराज दरै लगायतले यस कार्यक्रमले युवाहरुलाई भाषा र संस्कृति प्रति चासो बढाउदै संरक्षणमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker