विद्यालय हाताभित्रै हराएका ६ वर्षीय बालक विद्यालयमै मृत भेटिए,छोरा पढाउनकै लागी सदरमुकाम झरेका आमा बाबु शोकमा

दैलेख बजारको सनराइज स्कुलमा यूकेजीमा अध्ययनरत एक बालक मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६ वर्षीय बालक हिम्मत शाही रहेका छन् ।मंगलबार दिउँसो विद्यालय हाताभित्रै हराएका ६ वर्षीय बालक हिम्मत शाहीको खोजी गर्ने क्रममा बुधबार बिहान विद्यालयको पानी ट्यांकीमा मृत भेटिएका हु्न ।
। बालकको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।दैलेखको ठाँटीकाँध गाउँपालिका–३ बिसला घर भई बच्चा पढाउनकै लागि दैलेख सदरमुकाममा डेरा बस्ने तपेन्द्र शाही र हेमा शाहीको छोरा मृत फेला परेका हुन् ।
परिवारले विद्यालयको लापरवाही भएको भन्दै आक्रोश पोखेका छन् ।

OS nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker