यी हुन विश्वका ५ देश जहाँ रात हुदैन, ७६ दिनसम्म डुब्दैन सूर्य !

एजेन्सी,
यी हुन विश्वका ५ देश जहाँ रात हुदैन, ७६ दिनसम्म डुब्दैन सूर्य !
सूर्यास्तनहुनेयीपाँचदेश :
नर्वे
नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ ।
स्विडेन
स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको सुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन ।
आइसल्याण्ड
आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी, हिमनदीले र प्रकृतिको आकर्षक दृश्यले तपाईंको मन जित्नेछ । यहाँ १० मेदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन ।
क्यानडा
क्यानडामा गर्मी मौसममा ५० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ पनि अँध्यारो हुनुपर्ने रात उज्यालो नै हुन्छ । फिनल्याण्ड
फिनल्याण्ड पनि एउटा यस्तो देश हो जहाँ गर्मी मौसममा ७३–७४ दिनसम्म सूर्य डुब्दैन । यो देशमा तपाईं स्किंग, साइक्लिङ, हाइकिङजस्ता गतिविधिसहित आनन्द लिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker