आँबुखैरेनी र मुग्लिन बजार जोड््ने त्रिशुली नदी माथिको पुलको निर्माणमा तीन महिना ढिला हुने

पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी र चितवनको मुग्लिन बजार जोड््ने त्रिशुली नदी माथिको आर्च टाइपको मुग्लिन मोटरेबल पुलको निर्माणमा तीन महिना ढिला हुने भएको छ ।
निमार्णको म्याद पुस सम्म भए पनि भारतबाट ल्याउनु पर्ने पुलका फलामे डण्डीहरु आउन ढिलाई भएकोले तीन महिना ढिला हुने पुल निमार्णकर्ता आयोजना सेक्टर नम्बर २ मध्य क्षेत्र पाटन ढोका ललितपुरले जनाएको छ । ढिलाई हुने भए पछि आयोजनाले म्याद थपको लागि अनुरोध गर्ने भएको छ । चैत्र मसान्त सम्ममा पुरा हुने गरी काम भई राखेको र हाल करीव ९० प्रतिशत काम पुरा भएको आयोजनाका इन्जिनियर रमेश सुवेदीले गोरखापत्रलाई जानकारी दिनु भयो । इन्जिनियर सुवेदीका अनुसार पुलमा गोलो बिम राख्ने काम सकेर फर्मा राख्ने काम गरिएको छ । सुवेदीका अनुसार गाडी गुड््ने स्थानमा स्ल्याबको लागि फर्मा राख्ने काम भईरहेको छ । आयोजनाका अनुसार यस अघि पनि मुग्लिन नारायणगढ सडक खण्ड अबरुद्ध हुँदा पटक पटक पुल निर्माणको काम रोकिने गरेको थियो । मुग्लिनको पुरानो पुल जिर्ण र कमजोर भइ सडक चिप्लेर दुर्घटना हुने क्रम बढेपछि सवारी चापलाई ध्यानमा राखी पक्की मोटरेबल पुलको निर्माण कार्य थालिएको हो ।
निर्माण ढिलाई हुँदा लागत खर्च पनि बढेको इन्जिनियर सुवेदीले बताए । विश्व बैंकको १२ करोड रुपैयाँको लागतमा सो पुल निर्माण हुने आयोजनाले जनाएको छ । १ सय ६० मिटर लामो आर्च टाइपको उक्त पुल नेपालकै नमुना पुल हुने निर्माणकर्ताको दाबी छ । गोलो आर्च टाइपको यस्तो पुल नेपालको पहाडी मुलुकहरुमा अत्याधिक सुहाउँदो भएको इन्जिनियर सुवेदीले दाबी गर्नु भयो । पुल निर्माणका लागि अहिलेसम्म ९ करोड रुपैयाँ खर्च भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker