भुकम्पको केन्द्रबिन्दु गोरखामा ४० हजार ३ सय ८९ निजि आवास निर्माण सम्पन्न

पाैष १,गाेरखा ।
भुकम्पको केन्द्रबिन्दु गोरखामा ४० हजार ३ सय ८९ निजि आवास निर्माण सम्पन्न भएको छ । लाभाग्रहीको सूचीमा परेका कुल ७० हजार ४ सय ८१ भुकम्प पिडित मध्ये ५७.३० प्रतिसतले निजि आवास निर्माण सम्पन्न गरेकोे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ अहिलेसम्म ६१ हजार ९ सय ७९ लाभग्राहीले पहिलो किस्ता र ५२ हजार ३ सय २२ जनाले दोस्रो किस्ताको रकम बुझिसकेका कार्यालयको तथ्याङकमा उल्लेख छ । लाभग्राहीको सूचीमा परेका भुकम्प पिडितहरुले तेस्रो किस्ताको रकम बुझ््न घर निर्माण सम्पन्न गरी सक्नुपर्ने प्राबधान रहेको छ । गोरखा जिल्लामा १५ हजार ७ सय ५० परिवारले अनुदान पाउनुपर्ने भन्दै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा गुनासो फारम भरेकाले पुनः लाभग्राहीको संख्या बढ््न सक्ने कार्यालयको भनाई छ । गुनासो सम्बोधन भएका मध्ये कुल ५ हजार ३३ लाभग्राहीको नाम प्रवलिकरणको सूचीमा परेको भएपनि धेरैजसोले पूर्ण लाभग्राहीको सूचीमा नाम समावेश गर्न भन्दै पुनः गुनासो फारम भरेका छन्् । प्रवलिकरणको सूचीमा परेका लाभग्राही मध्ये अधिकांश भुकम्प पिडितहरुको घर ढुङ्गामाटोको भएकाले मर्मत गरेर बस्न नसक्ने उहाँहरुकोे गुनासो छ । यद्देपी प्राधिकरणले चालु आर्थिक बर्ष भित्रमा जिल्लामा भुकम्पले क्षति पुगेका सवै निजी आवास पुर्ननिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । सरकारले ५ बर्षभित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि शुरुका बर्षमा जिल्लामा पुर्ननिर्माणले गतिलिन नसक्दा केही ढिलाई भएको हो । पछिल्लो समय भुकम्प पिडितहरुलाई अनुदानको किस्ता लिन प्राधिकरणले समयसिमा निर्धारण गरेपछि पुर्ननिर्माणले गति लिएको छ । प्राधिकरणले पहिलो पटक निर्धारण गरेको समय सिमासम्म लाभग्राही भुकम्प पिडितहरुले अनुदानको लिन नभ्याउने भएपनि फेरी दोस्रो पटक २०७५ असार मसान्तसम्म अनुदानको पहिलो किस्ता लिइसकेका लाभग्राहीले २०७५ पौष मासन्त भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने गरी समयसिमा थप गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker