पूर्व प्रधानसेनापति क्षेत्री ‘राष्ट्रव्यापी योग जागरण अभियान मा

अमरराज नहर्की

डुम्रे , मङ्सिर २२ गते । तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रे बजारबाट ‘योग गरौं स्वास्थ्य रहौं’ भन्ने मूल नाराका साथ शनिबारबाट ‘राष्ट्रव्यापी योग जागरण अभियान शुरु गरिएको छ । अभियानको सञ्चालकमा लक्ष्मीनाराएण राष्ट्रिय सैनिक गुरुकुल रहेको छ । अभियानको पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री एक कार्यक्रमका बीच शनिबार उद्घाटन गर्नु भयो ।

सो अवसरमा पूर्व प्रधानसेनापति क्षेत्रीले कुनै पनि मान्छे सफल हुनको लागि शारिरिक एवं मानसिक दुवै हिसाबले स्पूmर्त , स्वस्थ्य हुन आवश्यक रहेको उल्लेख गर्दै यस्ता कुरा हासिल गर्न योगले मद्धत पु¥याउने हुँदा सबैले साथ र सहयोग पु¥याउनु पर्ने बताउनु भयो । नेपाली सेनालाई सेनालाई दिईएको जुन जिम्मेवारी छ ,सेनालाई पनि अनुशासन चाहिन्छ , एकाग्रता चाहिन्छ , आत्मविश्वास चाहिन्छ एउटा शारिरिक र मानसिक हिसावले चुस्तता चाहिने हुँदा पहिल्लो केही समय योगका केही कार्यक्रममा सेनालाई आवद्धता गर्ने प्रयाश गरिएको जानकारी दिनु भयो ।

पूर्व प्रधान सेनापति क्षेत्रीले योगको ज्ञानले नेपाली सेनालाई आफ्नो भूमिका, जिम्मेवारी निर्वाह गर्न तथा राष्ट्रको उद्धेश्य प्राप्त गर्न योगदान दिन्छ भन्ने विश्वास लिएको बताउनु भयो । साथै उहाँले नेपाली जनतालाई सद्बुद्धि दिन ,आत्म विश्वासी बनाउन शारिरिक र मानसिक रुपले चुस्त बनाउन नेपाली जनता र सेनाबीच हातेमालो गरेर समृद्ध बनाउन , स्वास्थ्य बनाउन र शान्ति कायम गर्न योगले टेवा पुग्ने विश्वास पनि गर्नु भयो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सबै जात÷जाती , धर्मालम्बीहरुलाई एकतालाई जोड्न र निरोगी बनाउन योगले मद्धत पुग्ने गरी अभियानलाई अगाडी पु¥याउनु पर्ने बताउनु भयो । अध्यक्ष थापाले रोग लागेर उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिनु नै राम्रो हुने हुँदा डुम्रे बजार आसपासमा नियमित योग अभ्यासको लागि उपयुक्त जग्गा छनोट गरी योग पाठशाला स्थापना गर्नको लागि मद्धत गर्ने बताउनु भयो । कार्यक्रम स्थानीय आयोजक हरिहर महिला समुहकी अध्यक्ष सरीता पियाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा योगगुरु प्राचार्य तथा लक्ष्मीनारायण राष्ट्रिय सैनिक गुरुकुलका अध्यक्ष गोविन्द रेग्मी , शान्ति स्वरुपानन्द दामोदर बाबा , डा. स्वामी चक्रपाणी आचार्य , डा. गुरुप्रसाद सुवेदी , तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाईका पूर्व अध्यक्ष सुनिल श्रेष्ठ लगायतले योगका माध्यमले उद्धेश्य महान बनाउन , सदाचार बन्न , सधैं प्रशन्न रहन , जुनसुकै व्यवहारमा नम्र हुन जस्ता कार्य गर्न मद्धत पुग्ने हुँदा राष्ट्रव्यापी योग जागरण अभियानले मद्धत पु¥याउने बताउनु भयो ।

सोही अवसरमा पूर्व प्रधानसेनापति क्षेत्रीले डुम्रे बजारमा हरिहर महिला समुहको आयोजनामा मङ्सिर ५ गतेबाट २२ गते सम्म सञ्चालित योग विज्ञान प्रशिक्षण शिविरको समापन गर्नु भएको थिया । प्रशिक्षण शिविरमा ५० जनाको सहभागिता रहेको थियो भने योग गुरु प्राचार्य गोविन्द रेग्मीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमका अवसरमा पूर्व प्रधानसेनापति क्षेत्रीलाई कदरपत्र प्रदान गरी र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । नेपाली सेनामा प्रधानसेनापती पदमा पुगेको प्रशंसा योग्य काम गरेकोले सम्मान गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker