दुबै मृगौंला रोगले पिडित नम्चा तमाङ्गको उपचारका सहयोग अभियान सञ्चालन

दुबै मृगौंला रोगले पिडित नम्चा तमाङ्गको उपचारका लागि विभिन्न स्थानमा सहयोग अभियान सञ्चालन गरिएको छ ।
पालुङ्गटार नगरपालिका–९, मिरकोट निवासी ५१ वर्षिय नम्चा तामाङ्गको आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले उपचारका लागि जिल्लाका विभिन्न स्थानमा तनहुँको आँबु खैरनीमा आर्थिक सहयोग संकलन कार्यक्रम संचालन गरिएको छ ।
आँबुखैरेनी कला केन्द्र आँबुखैरेनी, स्थानीय समिप अधिकारी र महेन्द्र मावि कुन्दुरटारका शिक्षक प्रताप पाण्डेको अगुवाईमा आर्थिक संकलन कार्यक्रम संचालन गरिएको आँबुखैरेनी कला केन्द्रका आशिष थापाले जानकारी दिए ।
दुबै मृगौंला फेल भएका तामाङ्गको छोरी शान्ति तामाङ्ग अध्ययनरत महेन्द्र मावि कुन्दुरटारमा आर्थिक सहयोग संकलनका लागि सांस्कृतिक कार्यक्रम गरिएको हो । सो कार्यक्रमबाट नगद ८ हजार ५ सय २५ रुपैंया सहयोग संकलन भएको छ ।
जीवन र मरणको दोसाधमा रहेका तामाङ्गको नयाँ जिवनको लागि आर्थिक सहयोग गरिदिन केन्द्रले सबैसँग अपिल गरेको छ । हाल, उनको भएको पोखराको आईएनए हस्पिटलमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker