मजुवा वचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न

गोरखा, पालुङ्टार, २३ मंसीर ।
गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ मा रहेको मजुवा बचत तथा ऋण सहकारी संस्था लि. कोे १३ औं बार्षिक साधारण सभा सहकारीको कार्यालय मजुवा मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जनार्दन कोइरालाको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङ्टार नगरपालिका वडा नं.७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले आर्थिक पारदर्शितामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै गरी वडा नं. ७ का वडा सदस्य देवीलाल कुमाल, च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डे, तारा बहादुर कुमाल, प्रशान्त देवकोटा लगायतकाले मन्तव्य राखेका थिए । सभामा संस्थाकी उपाध्यक्ष गीता कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा कोषाध्यक्ष भक्त बहादुर श्रेष्ठको आर्थिक प्रतिवेदन तथा अध्यक्षको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker