पालुङटारमा घर जादै गरेका एक युवामाथि हातपात

गोरखा । गोरखाको पालुङटार नगरपालिका-२ जादै गरेका एक युवामाथि हातपात भएको छ ।

बुधबार राती करिब ९ : ३० बजेतिर   तनहुँको डुम्रेबाट घर फर्कदै गरेका युवा प्रकाश न्यौपानेलाई पालुङटार-५ का ३/४ जनाको समूहले  हातपात गरेका हुन् ।

डुम्रेबाट गोरखा (घर) फर्कदै थिए चिनेका दाईहरुले लिगलिग भ्यु हाेटल बोलाउनु भयो गए एक छिन कुराकानी गरेपछि त हामीले भनेको नमान्नी भन्दै पिट्न थाले पिडित न्यौपानेले बताए ।

पिडित न्यौपानेले कुटपिट संलग्न भएको भन्दै प्रेम गुरुङ , राजन सुनार, खुसी तामाङ, बिजय सुनारका  विरुद्घ प्रहरीमा किटानी दिएको समेत जानकारी दिए ।

इलाका  प्रहरी कार्यालय ठाटीपोखरी गोरखाले हातपात गर्ने समुहको खोजि  कार्य जारी रहेको बताएको छ । पछिल्लो समय पालङटार-५ को ठाटिपोखरीमा गुण्डा गर्दी मौलाएको भन्दै स्थानीय समेत त्रशित भएका छन् ।

 

सामाजिक पत्रबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker