पालुङ्टारमा शिक्षक समाज नेपाल गठन, संयोजकमा ओजराज गिरी ।

 

गोरखा, पालुङ्टार, ११ मंसीर । गोरखाको पालुङटार नगरपालिका का शिक्षकहरु भेला भई आधिकारिक ट्रेड युनियनको रुपमा चिनिएको शिक्षकहरुको पेशागत संगठन नेपाल शिक्षक महासंघको गठन भइरहँदा त्यसमा समेटिन नसकेका डा. बावुराम पक्षघधर शिक्षकहरुको संगठन शिक्षक समाज नेपालले पनि आफ्नो नगर कार्यसमिति घोषणा गरेको छ । पालुङटारको भवानी वहुमुखी क्याम्पसमा महासंघले चेतनाथ पन्तको अध्यक्षतामा कार्यसमिति घोषणा गरेको थियो भने भवानी मा.वि.को प्राङ्गणमा ५० भन्दा बढी शिक्षकहरुको उपस्थितिमा समाजले ओजराज गिरिको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमितिको घोषणा गरेको समाजका काजीराम परियारले बताउनुभयो । जसको सदस्यहरुमा गणेश कुमार श्रेष्ठ, काजीराम परियार, भरत कार्की, देवीमाया सुवेदी, नवराज धिताल, इश्वरचन्द्र देवकोटा, रेशम बहादुर बसेल, मुरलीधर दुवाडी, विन्ध्या रेग्मी, शुकमाया वि.क., पुष्पा तामाङ, यसोदा लामिछाने र कमानसिँह तामाङ रहेका छन । त्यस्तै गरी सोही भेलाले दामोदर गिरी, ओम प्रकाश न्यौपाने, अंबिका खनाल, प्रेम गुरुङ र किरण अधिकारी लाई सल्लाहाकार चयन गरेको छ

साथै सेा अवसरमा समाजका जिल्ला संयेजक भेाजराज केाइरालाले  महासङ मा भातृ संगठन प्रतिनिधित्व हुने गलत प्रकृया भएको ले राजनैतिक दल को भात्री संगठन प्रतिनिधित्व नभै ब्याक्ती सदस्य हुनु पर्ने बताउनुभयेा । प्रत्यक्ष गणातन्त्रमा बिश्वास गर्ने हाम्रो संगठन को बिचार हुदा टिके प्रथालाई मान्न नसकिने धारणा समेत सेा अवसरमा उहाँले राख्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker