मनकामनामा पाँचौ पञ्चवली पूजा, नृत्यमा गुरुङ प्रथम

गोरखा, पालुङ्टार, ११ मंसीर । गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ मा रहेको माई मनकामना मन्दिरमा पाचौं पञ्चवली पूजा सम्पन्न भएको छ । माइमनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीतमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिर्जनशिल कृषि महिला समूहको सह आयोजकको रुपमा रहेको थियो । १० गते रातमा गरिएको साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले मन्दिर व्यवस्थापन र संरक्षणको लागी वडाले योजना बनाएको र आगामी बर्षहरुमा व्यवस्थित गर्दै अघि बढनुपर्ने बताउनुभयो । सोही क्रममा उहाँले यसलाई संरक्षणको लागी सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै गरी कार्यक्रममा रेडियो वन्दीपुरका संचालक समिति सदस्य रविन्द्र कंडेलले कला र संस्कृतिको विकास विना समाज रुपान्तरणको परिकल्पना गर्न नसकिने हुँदा कला संस्कृति संरक्षणमा सवैले जोड दिनुपर्ने बताउनुभएको थियो । सोही कार्यक्रममा च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै सांस्कृतिक जगेर्ना गर्नुपर्ने बताउनुभयो । सो अवसरमा सञ्चालन गरिएको नृत्य प्रतियोगितामा एञ्जिला गुरुङ प्रथम भई नगद रु.३००० र प्रमाण पत्र हात पारेकी छन भने सिवानी थापा मगर द्धितीय भई नगद रु.२००० र प्रमाण पत्र, संगीता कुमाल तृतीय भई नगद रु.१५०० र प्रमाण पत्र तथा कविता कुमालले सान्तवना स्थान प्राप्त गरी नगद रु.५०० र प्रमाण पत्र प्राप्त गरेका थिए । उक्त स्थानमा सो मन्दिर मोतीलाल श्रेष्ठका छोराहरु ले ५ वर्षअघि स्थापना गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker