अष्टेलियन भोलेन्टियरहरु सिन्धु आधारभुत विद्यालयको ५ कोठे भवन वनाउन कस्सिए

 

मदन वाग्ले

सागे सेरा(तनहुँ),

अष्टेलियन भोलेन्टियरहरु तनहुँको व्यास नगरपालिका ५ सागे सेरा स्थित सिन्धु आधारभुत विद्यालयको ५ कोठे भवन वनाउन वुधवार देखी कस्सिएका छन् । दिस वल्ड याक्जिस्ट नामक गैर सरकारी संस्थामा आवद्ध ति अष्टेलियन भोलेन्टियरहरु उक्त विद्यालय वनाउन कस्सिएका हुन् । उनिहरु मंगलवार देखी विद्यालय निर्माणमा जुटिरहेको विद्यालयका प्रधानाध्यपक राम वहादुर नेपालीले वताए । ति अष्टेलियनहरु गैची लगाउने, वेल्चाले माटो फाल्ने, इट्टाहरु ओसार्ने काममा व्यस्त वनिरहेको जानकारी उनले दिए । दिस वल्ड याक्जिस्ट संस्थाका संस्थापक अध्यक्ष रायन ग्रे को नेतृत्वमा आएको ७ जनाको टोली त्यसरी विद्यालय निर्माणमा कस्सिएको संस्थाका प्रोजेक्ट मेनेजर सुमन भट्टराईले वताए । अष्टेलियन नागरिकहरु क्रिस, एला, हाना, आना, क्रिश्टिईन र सानाई त्यसरी विद्यालय भवन वनाउन जुटिरहेको टोलीलाई नेपाल ल्याउन सहयोग पु¥याउने संस्थाका कन्ट्री डाइरेक्टर अनिश शर्माले जानकारी दिए । उनिहरुले उक्त विद्यालयमा केहि दिन भवन निर्माणमा भेलेन्टियर गर्ने र सो समूह अष्टेलिया फर्कने छन् शर्माले भने । २२ नोभेम्वर सम्म सो समूहले गाउँले सँग मिलेर विद्यालय वनाउने र उनिहरु गएपछि २९ नोभेम्वर वाट ९ जनाको अर्को समूह आउने जानकारी उनले दिए । कम्वोडिया, मेक्सिको र नेपालका ग्रामीण क्षेत्रमा शिक्षाको विकासका लागी सो संस्थाले काम गरिरहेको वताइएको छ । दिस वल्र्ड याक्जिष्टका कन्ट्री डाइरेक्टर शर्माले फुलखर्क, उदयपुर , साँखुमा महिला विद्यालय हुदै चौथो वर्ष सिन्धुको भवन वनाउन लागिएको वताए । गरिब र विपन्न वर्गका वालवालिकालाई विद्यालय पठाउन सहयोग पु¥उने उद्देश्यले सो भवन वनाइएको दावी शर्माले गरे । विश्वभर शिक्षाको पहुँच पु¥याउने उद्देश्यले संस्थाले काम गरिरहेको जानकारी शर्माले दिए । शिक्षावाटनै संसार परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्य सो संस्थाले लिएको वताइएको छ । २० देखी २५ लाख रुपैया सम्मको लागतमा सो भवन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी शर्माले दिए । स्थानीय ४ भाई मन वहादुर कुमाल, राम लाल कुमाल, राजेन्द्र कुमाल र रमेश कुमाल सुरु देखीनै विद्यालयको भवन निर्माणमा खटिरहेका छन् ।

अष्टेलियनहरुको भव्य स्वागत

विद्यालय भवन निमार्णमा सहयोग पु¥याउन आएका ति अष्टेलियनहरुको टोलीलाई गाउँलेले फुल माला र अविरले भव्य स्वागत गरेका छन् । अर्पण सेरा कुमाल आमा समूहका पदाधिकारी र विद्यालय परिवारले ति विदेशी पाहुनालाई स्वागत गरेका हुन् । उनिहरुलाई आमा समूहको झ्याउरे नाचले स्वागत गरेको विद्यालयकी अध्यक्ष विमला कुमालले वताइन् । उनिहरुको नाचमा विदेशीहरुले समेत साथ दिए । गाउँलेहरुको स्वागत पाउदा निकै खुशी लागेको दिस वल्र्ड याक्जिष्टका संस्थापक अध्यक्ष रायन ग्रोले वताए । हामी नेपालका वालवालिकालाई शिक्षामा सहयोग गर्नआएका हौ उनले भने । एउटै हातमा विश्व भएकाले यसरी नै हामी सवै मिलेर काम ग¥यौ भने विश्व परिवर्तन गर्न सकिन्छ भन्ने एउटै आवाज उनिहरुको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker