घरकै अगेनोमा जलेर एक महिलाको मृत्यु

गोरखा, पालुङ्टार, १ मंसीर ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ माइलीटारमा रहेको घरको अंगेनोमा परी एक महिलाको मृत्यु भएको छ । एकान्त स्थान बनगाउँमा रहेको घरमा एक्लै बस्दै आएकी नन्द बहादुर थापाकी श्रीमती ६५ वषर््ाकी टिकामाया थापाको हिजो दिउँसो करीब ४ बजेतिर सो स्थानमा गाइ चराउन गएका स्थानीयहरु पानी पिउन भनी थापाको घरमा जाँदा घरभित्रै रहेको अगेनामा घोप्टो परी जलेको अवस्थामा देखेर प्रहरीलाई खबर गरेको स्थानीय एकराज सिलवालले बताउनुभयो । घटनास्थल पुगेको अस्थायी प्रहरी पोष्ट च्याङ्ली बिरुवाटारको टोलीले महिलाको मृत्यु विहान १०/११ बजेतिर नै खाना बनाउने क्रममा शरीर जलेको हुनसक्ने अनुमान गरेको प्रहरी पोष्टका इन्चार्ज मदन आचार्यले बताउनुभयो । शरीरको अगाडीको अधिकाँश भागहरु जलेको अवस्थामा रहेको थियो । थापाको शरीरलाई जिल्ला अस्पताल गोरखाबाट पोष्टमार्टम गरी आज नै मस्र्याङ्दी नदी मा ल्याई दाहसंस्कार गरिसकिएको छ । थापालाई छारेरोग भएकोले विहान खाना पकाउन आगो सल्काउने क्रममा जलेको हुनसक्ने आशंका गरिएको छ । थापाकी एक मात्र छोरा विदेशमा छन भने छोरीहरुको विवाह भैसकेको र घरमा विगत केही वर्षयता एक्लै बस्दै आएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker