२८औँ व्यासको अवतरण हुनु दमौलीको गौरव

दमौली, २९ कात्तिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले २८औँ वेदव्यासको तपोभूमि ज्ञान भूमि भएको बताएका छन् । मन्त्री अधिकारी व्यासावतार क्षेत्रमा सञ्चालित ऊँकार हिन्दु महामिलन कार्यक्रममा सहभागी हुँदै व्यासको तपोभूमि विज्ञानको पनि ज्ञानको भूमि भएको बताएका हुन् ।

उनले सरकारले हिन्दु महामिलनको केन्द्र बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । वेद अनुयायी प्रतिष्ठान नेपालको व्यास क्षेत्र रहेको दमौलीमा हिन्दु महामिलनको केन्द्र बनाउने गुरुयोजना पुरा गर्न केन्द्रिय, प्रदेश र स्थानीय तह लगायत सम्पूर्णको सहयोग रहे यहाँ हिन्दहुरुको महामिलन केन्द्र बन्ने उनले विश्वास लिए । सरकारले सहयोग गरे व्यासभूमि दमौलीमा हिन्दु महाविद्यालय निर्माण हुने उनको भनाई छ ।

हाम्रा ऐहासिक, पौराणिक सत्यलाई अन्धविश्वाससँग तुलना गर्न नमिल्ने उनले बताए । ‘हाम्रो शिक्षा श्रवणबाट प्रचारप्रसार भएको शिक्षा हो,’ उनले भने ‘२८औँ व्यासको अवतरण हुनु दमौलीको गौरव हो, त्यसले यसको अन्धविश्वासलाई हटाएर प्रचारप्रसार गर्नुपर्छ ।’ उनले व्यासको तपोभूमिको विकासका लागि सरकारको सहयोग रहने विश्वास समेत दिलाए । उनले व्यासभूमिलाई विश्वविद्यालयको पनि विश्वविद्यालय बनाउनतर्फ लाग्न सुझाए ।

वेद अनुयायी प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकान्त काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यासका अध्येता काशीनाथ न्यौपाने र दामोदर बाबाले वेदव्यासको उत्पत्तिका साथै सेतीमादीको संगम स्थलको महत्व तथा ऊँकार हिन्दुहरुको महामिलन केन्द्र बनाउने योजनाका बारेमा प्रष्ट्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker