लायन्स क्लवकाे दोस्रो क्याविनेट बैठक दमौलीमा हुने

लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३१५ वि १ नेपालको वर्ष २०१८/१९ को दोस्रो क्याविनेट बैठक दमौलीमा हुने भएको छ । मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी लायन्सको दोस्रो क्याविनेट बैठक यही मंसिर ७ र ८ गते हुने भएको जानकारी गराएको हो ।

लायन्स क्लव अन्तराष्ट्रियको नियमित कार्य योजना कार्यान्वयन गर्न, डिष्ट्रिक्टका हाल सम्मका क्रियाकलापहरु अनुमोदन गरी आगामी कार्ययोजना परिमार्जन गर्न, डिष्ट्रिक्ट भित्रका ३५० भन्दा बढी क्लवहरुको सहभागिता गराई तनहुँको विशेष गरी व्यास नगरपालिका र यस क्षेत्रको प्रचारप्रसार गराई पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने र लायन्सवादका क्रियाकलापहरुको प्रवद्र्धन गर्ने उद्देश्यले क्याविनेट बैठक आयोजना गरिने भएको लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालका गभर्नर अशोक कुमार श्रेष्ठले जानकारी दिए । बैठकमा लायन्सवादका अग्रणी नेतृत्व सहित डिष्ट्रिक्टका पदाधिकारीहरु, क्याविनेट सदस्यहरु र ३५० भन्दा बढी क्लबका सदस्यहरु गरी करिव २ हजार ५ सय सहभागीहरुको सहभागिता रहने श्रेष्ठले बताए ।

मंसिर ७ गते शनिबार तनहुँ उद्योग वाणिज्य हलमा क्याविनेट बैठक, ८ गते शान्ति पद यात्रा अनसन चौतारीबाट शुरु भई दमौली बजार परिक्रमा गरी खेलमैदानमा र अनसन चौतारीमा घोषणा सभा तथा फेलोसिप हुने श्रेष्ठले बताए । उनले आफू लायन्सको गभर्नर भएको बेलामा जिल्लाका साथै दमौलीभित्रको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ क्याविनेट बैठक राखिएको प्रष्ट्याएका थिए । सो बैठकमा सहभागि हुन ७७ वटै जिल्लाका साथै लायन्सवादका अग्रणी नेतृत्व सहित डिष्ट्रिक्टका पदाधिकारीहरु, क्याविनेट सदस्यहरु र क्लवका सदस्यहरुको सहभागिता रहनेछ ।

उक्त कार्यक्रम लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ तनहुँ व्यास सिटी, लायन्स क्लव अफ तनहुँ भानुभक्त, लायन्स क्लव अफ तनहुँ सत्यवती र लायन्स क्लव अफ तनहुँ दमौलीको आयोजनामा हुनेछ ।

लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालका गभर्नर अशोककुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याविनेट टे«जरर माधव बहादुर पन्थले धन्यवाद र लायन्स क्लव अफ तनहुँ सत्यवतीकी सचिव अन्जना तिमल्सेनाले सञ्चालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker