आइतबार भएकाे बस दुर्घटना हुँदा ३७ जना घाइते

दमौली,

पृथ्वी राजमार्ग स्थित तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आइतबार बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । पाँच जना गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार स्याङ्जाका १३ वर्षीय बालक सनम थापा गम्भिर घाइते रहेका छन् । घाइते बालक लगायत पाँच जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए ।

अन्य घाइतेहरुको दमौलीको दमौली अस्पताल, रत्नहरी अस्पताल र व्यास सिटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भिमादबाट नारायणगढतर्फ जादै गरेको ग१ख ५८४७ नम्बरको बस दुर्घटना भएको हो ।

सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस चालकको लापरवाहीले गर्दा दुर्घटना भएको अर्यालको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker