समग्र पालुङटार नगरपालिका सिंचाई आयोजनाका लागी पालुङटार नगरपालिकाको आयोजनामा श्री भवानी क्याम्पसको मिटिंग हलमा आज नगर प्रमुख श्री ई. दीपक बाबु कंडेल ज्युको अध्यक्ष्यतामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो l कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद तथा पुर्ब प्रधानमन्त्री माननीय डा. वावुराम भट्टराई ज्यु, बिशेष अथितिहरुमा रास्ट्रिय सभा बिपक्षि दलका नेता श्री सुरेन्द्र राज पाण्डे ज्यु, प्रदेश सभा सदस्य श्री हरि शरण आचार्य ज्यु, प्रदेश सभा सदस्य श्री प्रकाश चन्द्र दवाडी ज्यु हरुले समग्र पालुंगटार विकासका लागि सिंचाई योजना कोशेढुंगा साबित हुने बताउनुभयो l कार्यक्रममा स्वागत मन्तब्य नगर उप प्रमुख श्री पम्फा बसेल ज्युले दिनुहुदै कार्यक्रमको शुरुवात भएको थियो l उक्त कार्यक्रममा कुन्दुर पालुंगटार सिंचाई आयोजनाका प्रमुख डा. देबनारायण शाहले प्रस्तुतिकरण दिनुभएको थियो l कार्यक्रममा पालुंगटार न.पा. का सम्पूर्ण जनप्रतिनिधि ज्युहरु, राजनैतिक दलका प्रतिनिधि ज्युहरु टोल विकास समितिका अध्यक्ष ज्युहरु, , बिभिन्न संघ सस्था सरोकारवालाहरु लगायत अन्य नगरवासीहरुको उपस्थित रहेको थियो l
अन्त्यमा सभापति ई दीपक बाबु कंडेल ज्युले समग्र पालुंगटार न.पा. का सिंचाई युक्त टारहरुलाइ चेपे नदि, दरौदी नदि, मर्स्याङ्दी नदि तथा विभिन्न खोला नालाहरुमा रिजर्बवयर गरि सिंचाई मार्फत आधुनिक कृषि क्रान्ति ल्याउन सम्पूर्णमा हातेमालो गर्न तयार छौ भन्दै कार्यक्रमको विसर्जन गर्नुभएको थियो l