विद्यालयलाई सहयोग प्रदान

 

रविन्द्र कंडेल, गाेरखा

गोरखाको अजिरकोट २ अपुनस्थित प्रभा मा.वि.मा  विद्यालय व्यवस्थापन समिति अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा भएको एक कार्यक्रममा विद्यालयमा सहयोग पुर्याउने व्यक्तिव्यहरुलाई सम्मान गरेको छ । सोही गाउँपालिका वडा नं.२ निवासी गज बहादुर गुरुङका छोरा पूर्ण गुरुङले आफ्नो स्वर्गीय आमा सनश्री गुरुङको  सम्झनामा नगद रु. २ लाख विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । त्यस्तै गरी सोही गाउँपालिका वडा नं. १ घ्याच्चोक निवासी विर वहादुर गुरुङ र हिमला गुरुङले विद्यालयको पुस्तकालय व्यवस्थापनको लागी नगद रु. ५० हजार प्रदान गर्नुभएको छ । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद दवाडी, विद्यालय व्यवस्थापन समितिको सदस्य देवराज गुरुङ, विद्यालयका सहायक प्रधानाध्यापक  विरेन्द्र ढकाल लगायतकाले विद्यालयप्रति सहयोग गरि सम्मानित भएका व्यक्तित्वहरुको योगदान समाजको लागी अनुकरणीय भएको बताएका थिए ।  उहाँहरुले प्रदान गरेको सहयोग विद्यालयको लागी अमुल्य हुने र यसलाई सदैव उचित सदुपयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको सन्तोष धितालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker