पालुङ्टार ७ मा जनप्रतिनिधी तथा प्रहरी एवं जनताहरुसंग छलफल, राती ११ बजेपछि देउसी खेल्न नपाइने

रविन्द्र कंडेल, कार्तिक १८

गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ मा आज जनप्रतिनिधी, प्रहरी एवं सर्वसाधारणको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको छ । अस्थायी प्रहरी पोष्ट बिरुवाटारको आयोजनामा वडा कार्यालय बिरुवाटारमा भएको छलफल कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेल तथा अन्य जनप्रतिनिधीहरु, अस्थायी प्रहरी पोष्ट च्याङ्लीका इन्चार्ज मदन आचार्य, वडा नं. ७ तथा ८ का टोलविकासका प्रतिनिधीहरु एवं सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा नजिकिँदै गरेको दिपावली तथा अन्य चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधी तथा जुवातास नियन्त्रणका लागी के कसरी अघि बढन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो । तिहारमाक खेलिने भैलो कार्यक्रमलाई पनि मर्यादित र अनुशासित बनाउँदै परम्परा जोगाउनुपर्नेमा  समेत सो अवसरमा बताइएको थियो । राती ११ बजेभन्दा पछि देउसी भैलो कार्यक्रम नगर्ने र जुवातास बन्द गर्न र मदिराको प्रयोगालाई नियन्त्रण गर्नसमेत सो अवसरमा प्रहरी पोष्ट बिरुवाटारका इन्चार्ज मदन आचार्यले सवैसंग आग्रह गर्नुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker