महोत्सव विरोधमा व्यवसायी आन्दोलित

तनहुँ समाचारदाता
दमौली , कात्तिक १६ गते । तनहुँको सदरमुकाम दमौलीका व्यवसायीहरु मेला महोत्सवको िविरोधमा आन्दोलित भएका छन् । मेला महोत्सवले व्यवसायलाई नोक्सान पु¥याएको आन्दोलन गर्नु परेको व्यवसायीले बताएका छन् ।
मेला महोत्सवको विरुद्धमा शुक्रबार व्यवसाय बन्द गरेर व्यवसायीले विरोध गरेका छन् । मेला महोत्सवले बजारका व्यापार व्यवसायबाट विक्रि वितरणका कार्यहरु ठप्प भएकोले भाडामा सञ्चालिच व्यवसायीलाई घर भाडा तिर्न समेत कठिन भएको उनीहरुको भनाई छ । दमौलीमा हुने गरेका व्यापारीक, सांस्कृतिक तथा पर्यटकीय महोत्सवले व्यापारमा कम हुने भएकाले उनीहरु मेला महोत्सवको विरुद्धमा उत्रिएको तउवा संघ दमौली बजार इकाईका सचिव दधिराज घिमिरेले जानकारी दिनु भयो । जिल्ला स्तरीय मेला महोत्सवहरु दमौलीमा मात्रै नभई विभिन्न क्षेत्रमा गरिनुपर्ने, मेला महोत्सवमा व्यापारीक कारोबार गर्न नपाउने बजारका व्यवसायीको माग छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा कत्तिक ३० गते देखि मङ्सीर १० गते सम्म हुन लागेको तेस्रो आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सवलाई लक्षित गरि व्यवसायीले विरोध गरेका हुन् । महोत्सवको पूर्व सन्ध्यामा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले नेतृत्व गर्दै विरोधमा उत्रिएका छन् ।
महोत्सवलाई विफल बनाउनको लागि केही व्यवसायी व्याक्तिहरुले विरोध गरे पनि महोत्सव नरोकिने महोत्सवका निर्देशक सिदान्त गर्जामगरले जानकारी दिनु भयो । ‘९० प्रतिशत तयारी पुरा भईसकेको छ महोत्सव कुनै हालतमा रोकिदैन ’ निर्देशक मगरले भन्नु भयो । आदिवासी जनजाति महोत्सवका आयोजकले महोत्सवमा सांस्कृतिक, जातीय, पर्यटकीय, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताउँदै आएको छ । बन्दकर्ता र आयोजक बीचसमस्या हल गर्न छलफल चलिरहेको छ । तनहुँको दुलेगौंडामा गरिएको लायन्स महोत्सवमा गर्ने समयमा पनि व्यवसायीले विरोध गरेका थिए । विरोध गरिए पनि पछि सहमती भई महोत्सवलाई सफल बनाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker