नयाँ पुल रामशाहघाट दोभानको हाट बजारमा भिड बढ्दै, आज मात्रै ५ लाख २५ हजार बराबरको आर्थिक कारोबार ।।

 

मनकामना, कार्तिक १० गते ।

शहिद लगन गाउँपालिका वडा नं. ३ मनकामना मन्दिर जाने बाटो नयाँ पुल रामशाहघाट दोभानमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा कृषि तथा पशुजन्य वस्तु किनमेल गर्न आउने ग्राहकहरुको भिड बढ्दै गएको छ । हाट बजार अन्तर्गत आज दोस्रो शनिबार पनि पहिलो पटक लागेको हाट बजारमा भन्दा आज लागेको हाट बजारमा किनमेलका लागि आउने ग्राहकहरुको भिड बढेको नयाँपुल कृषि उपज संचालक समितीले जानकारी दिएको छ । हाट बजार संचालन भएको दोस्रो शनिबार आज मात्रै ५ लाख २५ हजार बराबरको आर्थिक कारोबार र एक हजार भन्दा बढीले हाटबजारको अवलोकन गरेको समितीका अध्यक्ष होम नाथ रिमालले बताउनुभएको छ । यस अघि पहिलो पटक हाट बजार संचालन भएको दिनमा १८ वटा स्टल रहेको र अहिले कृषकले उत्पादन गरेको वस्तु धेरै रहेकोले कृषी तथा पशुजन्य उत्पादित वस्तुको स्टल ३८ वटा पुगेको जानकारी दिनुभएको छ । यस क्षेत्रका कृषकहरुको कृषि तथा पशुजन्य उपजलाई सहज र सरल तवरले बजार उपलब्ध होस र कृषकको आयआर्जन बढाउन सकियोस भन्ने उद्देश्यले शहिद लखन गाउँपालिका कृषि शाखा, पशु स्वास्थ्य शाखा, सहमति नेपाल र नयाँ पुल कृषि उपज संचालक समितीको संयुक्त आयोजनामा हाट बजार संचालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker